सबैको समाचार
बुधबार, असार ४, २०८२
  • होमपेज
  • डब्लुएचओबारे अमेरिकी निर्णयमा पुनः विचार गर्न इयूको आग्रह

डब्लुएचओबारे अमेरिकी निर्णयमा पुनः विचार गर्न इयूको आग्रह

4160
Shares
डब्लुएचओबारे अमेरिकी निर्णयमा पुनः विचार गर्न इयूको आग्रह

ब्रसेल्स, १७ जेठ :यूरोपेली संघ (इयू) का प्रमुख कार्यकारी अधिकारी तथा उच्च कुटनीतिज्ञले शनिबार एक विज्ञप्ति जारी गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आफ्नो समूहको सहयोग निरन्तर रहने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार महममारीका समय डब्लुएचओको भूमिकामाथि प्रश्न गर्दै अमेरिकाले उक्त संस्थालाई दिँदै आएको बजेटलाई अन्यत्र लगानी गर्ने तर विश्व स्वास्थ्य संगठनलाई भने नदिने घोषणा गरेपछि इयूको धारणा सार्वजनिक भएको हो ।इयूले अमेरिकालाई डब्लुएचओबारे शुक्रबार सार्वजनिक निर्णयमा पुनःविचार गर्न आग्रह गरेको छ ।

यूरोपेली आयोगका अध्यक्ष उर्सुला भोन देन लेयन र इयूका विदेश तथा सुरक्षा नीति मामिला उच्च प्रतिनिधि जोसेप बोरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “डब्लुएचओले महामारीको अन्तर्राष्ट्रिय व्यवस्थापनको जिम्मेवारीलाई अहिले र भविष्यमा पनि निरन्तरता दिनुपर्छ । यसका लागि सबैको सहभागिता र सहयोगको आवश्यकता हुन्छ । विश्वव्यापी सङ्कटबीच अहिले सहकार्यलाई बढाउँदै साझा समाधानको पहल हुनु जरूरी छ । अन्तर्राष्ट्रिय नतिजालाई कमजोर पार्ने कुनै पनि कार्यलाई रोक्नुपर्छ ।”

विज्ञप्तिमा भनिएको छ, “यो अवस्थामा हामीले अमेरिकालाई उसले शुक्रबार सार्वजनिक गरेको निर्णयलाई पुनः विचार गर्नुपर्छ ।” विश्वले कोभिड–१९ को महामारीसँग जुझिरहेका समय सबैको प्रमुख काम मानिसहरूको ज्यान जोगाउने र महममारीलाई नियन्त्रणमा राख्ने तथा अन्त्य गनु हुनेछ । इयूले यसका लागि डब्लुएचओलाई साथ दिनेछ र यस अघि नैथप बजेटको व्यवस्थापनमा सघाइसकेको छ ।

4160
Shares

ट्रेन्डिङ