सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • NMA JDC को पहल मा बर्दिबासका चिकित्सकलाई पहिचान झलकिने ज्याकेट बितरण

NMA JDC को पहल मा बर्दिबासका चिकित्सकलाई पहिचान झलकिने ज्याकेट बितरण

7300
Shares
NMA JDC को पहल मा बर्दिबासका चिकित्सकलाई पहिचान झलकिने ज्याकेट बितरण

नेपाल चिकित्सक संघ केंद्रीय कार्यसमिति अंतर्गत रहेको जूनियर डॉक्टर्स कमिटिले बर्दिबासका चिकित्सकलाई पहिचान झलकिने ज्याकेट बितरण गरेको छ । हाल बर्दिबासमा २० जना चिकित्सक कार्यरत रहेका छन । जेडीसी का प्रतिनिधि डॉ इस्वर कार्की र डॉ रबी चौधरीले उक्त ज्याकेट बितरण गरेका छन ।राज्य भरी का मेडिकल अधीकृत लगायतका  चिकित्सकलाई उक्त ज्याकेट बितरण गर्ने योजना रहेको जानकारी जेडीसीका डॉ योबिन यादबले दिए । जनकपुर मा ज्याकेट बितरण भइसकेको  र  बर्दिबास ,जलेस्वर र सिंधुलीका चिकित्सकका लागि ज्याकेट  माँग बमोजिम प्राप्त भएको डॉ इस्वर कार्कीले बताए ।  केहि मेडिकल अधिकृतले जनकपुरमा ज्याकेट नपाएको गुनाशो गरेकोले जनकपुरमा रहेका जेडीसी का प्रतिनिधिहरु  संग सल्लाह बमोजिम ज्याकेट भोली  उपलब्ध गराउने योजना रहेको जेडीसी का सचिव डॉ हुलास अग्रवालले बताए। डॉ सज्जन ठाकुर , डॉ केडी दास र डा बीभास गोइतले  जेडीसी को तर्फ बाट जनकपुर मा ज्याकेट बितरण गर्ने छन ।   डॉ लोचन कार्की महासचिव हुदानै गठन गरिएको जेडीसीले युवा चिकित्सकको समस्याहरु निरन्तर उठाउँदै गरेको छ ।

7300
Shares

ट्रेन्डिङ