सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पूर्वप्रधानमन्त्रीसहित तीनजना नेतामाथि बलात्कारको आरोप

पूर्वप्रधानमन्त्रीसहित तीनजना नेतामाथि बलात्कारको आरोप

4590
Shares
पूर्वप्रधानमन्त्रीसहित तीनजना नेतामाथि बलात्कारको आरोप

काठमाडाैँ । पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीनजना विपक्षी नेतामाथि बलात्कार जस्तो गम्भीर आरोप लागेको छ । इस्लामावाद बस्ने अमेरिकी ब्लगर साईन्थिया रिचीले विपक्षी पाकिस्तान पिपुल्स पार्टी (पिपिई) का तीन नेतामाथि यौन शोषणको आरोप लगाएकी हुन् ।

फेसबुक लाइभमा रिचीले दाबी गरेअनुसार तत्कालीन गृहमन्त्री रहमान मलिकले २०११ मा उनको बलात्कार गरेका थिए । रिचीका अनुसार यो घटना मन्त्रीकै निवासमा भएको थियो, जतिबेला उनी मदिरामा लट्ठ थिइन् । त्यस्तै, पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीले गलत नियतले आफ्नो शरीरमा छोएको उनको आरोप छ । त्यस्तै, आरोप पूर्व संघीय मन्त्री मखुम साहाबुद्धिनमाथि पनि लगाइएको छ ।

रिचीका अनुसार यौन शोषणमा मुछिने नेता यीमात्रै होइनन्, उनका अनुसार पूर्व प्रधानमन्त्री नवाज सरिर्फको पार्टी मुस्लिम लिग–नवाजमा आबद्ध केही नेताहरुले पनि यस्तै हर्कत गर्ने गरेका छन् । अब प्रश्न एउटै छ किन ९ वर्ष पुरानो घटना अहिले चर्चामा आएको छ ?

यो सबै शृंखला मेइको अन्त्यमा सुरु भयो । जब रिचीले पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोमाथि अन्य महिलाको बलात्कारका लागि आदेश दिएको आरोप लगाइन् । रिचीका अनुसार भुट्टोले आफ्ना श्रीमान्सँग प्रेम–सम्बन्धमा रहेका महिलाहरुमाथि बलात्कार गर्न आफ्ना अंगरक्षकहरुलाई आदेश दिन्थिन् ।

रिचीको यस्तो अभिव्यक्तीपछि पिपिपिले उनीविरुद्ध घृणा फलाउने टिप्पणी र आफ्ना पूर्व नेतृको बेइज्जती आरोपमा प्रहरीमा उजूरी दियो । त्यसको एक सातापछि रिचीले पिपिपिका नेताहरुले आफूलाई बलात्कार तथा दुव्यवर्हार गरेको आरोप लगाएकी हुन् । यस प्रकरणपछि पूर्वमन्त्री रहमान मलिकले रिचीविरुद्ध चरित्र हत्याको आरोपमा मुद्दा दायर गरेका छन् ।

रिचीको अभियोगबारे कतिपय टिप्पणीकर्ताले औंला उठाएका छन् । इमरान खानको सरकार निकटकी यी महिला देशले सामना गरिरहेको स्वास्थ तथा आर्थिक संकटबाट जनताको ध्यान मोड्नका लागि प्रयोग भएको हुनसक्ने समेत कतिपयले बताएका छन । कतिपयले भने उनलाई सिआईएको जासूस पनि भनेका छन् ।
साभार : रातोपाटि

4590
Shares

ट्रेन्डिङ