आइतबार काठमाडौँको क्युज हलमा फिल्म ’हुर्रे’ टिमले फिल्म कै दोश्रो गीत सार्वजनिक गर्यो । ‘पशुपति’ बोलको उक्त गीतलाई मिडियाकर्मी, चलचित्रकर्मी एवंम् निर्माण टिमबीच देखाईयो । गीतमा आइटम डान्स पस्केकी अभिनेत्री नीता ढुंगाना संगै फिल्मका सम्पूर्ण टिम त्याँहा उपस्थित थिए ।
गीत सार्वजनिक गरेसंगै हल दर्शकको तालीले गुन्जायमान भएको थियो । अभिनेत्री नीताको हट डान्सले उक्त हलमा गीतको डिमाण्ड बढ्यो, ओन्स मोरको आवाजले । त्यसपछी कार्यक्रम संचालिकाले नीतालाई हल मै नृत्य पस्किन अनुरोध गरिन् । अभिनेता अनुप बिक्रम शाही, अंकित खड्का र राजाराम पौडेलसंगै नीताले सोहि गीतमा कम्मर मर्काईन् ।
कार्यक्रममा अभिनेत्री केकी अधिकारीले पनि नीताको प्रस्तुतिको खुलेरै प्रसंसा गरिन् । आफुहरु दुबैले मसान फिल्ममा संगै काम गरेको सम्झना गर्दै नीताको अभिनय आफुलाई मन पर्ने बताईन् । त्यस्तै अभिनेत्री नीताले गीत राम्रो भएकोले नै आफु यस गीतका लागि तयार भएको कुरा मिडियामा जनाईन् । उनले भनिन् ‘आफूभन्दा सिनियर कलाकारसंग काम गर्न पाउँदा खुशी छु, गीत सारै राम्रो भएकोले नै मैले यो गीत गरे’ ।
झुमा लिम्बुको बोल्ड आवाज समावेश गीतको शब्द रचना सविन एकतारेले गरेका हुन् । कालीप्रसाद बास्कोटाको संगीत रहेको गीतमा झुमा र काली आफैको आवाज रहेको छ । गीतमा विक्रम स्वाँरको नृत्य निर्देशन रहेको छ ।यस फिल्मलाई भने निर्देशक यम थापाले निदेशन गरेका हुन् । कार्यक्रममा फिल्मबारे बोल्दै निर्देशक यमले भने ‘हुर्रे डार्क कमेडी फिल्म हो ।’
आगामी फाल्गुन २५ मा प्रदर्शन हुने यस फलममा केकी अधिकारीसंगै अनुप विक्रम शाही, विजय बराल, अंकित खड्का, राजाराम पौडेल, संगीता नापित , प्रकाश घिमिरे लगायत अन्य कलाकारको मुख्य अभिनय रहेको छ । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्ममा चन्दन दत्तको सम्पादन छ ।
-न्युज पेज ३ बाट