सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • नेपाली महिलाले एसिया कप खेल्ने

नेपाली महिलाले एसिया कप खेल्ने

1405
Shares
नेपाली महिलाले एसिया कप खेल्ने

काठमाडौं । महिला एसिया कप आगामी साउन ४ देखि १३ गतेसम्म श्रीलङ्कामा हुने एसिसी महिला एसिया कप २०२४ मा नेपालको सहभागिता रहने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार एसियाली क्रिकेट काउन्सिल (एसिसी) को विश्वमा महिला क्रिकेटलाई प्रवर्धन गर्ने लक्ष्य अनुरूप एसिया कपमा आठ टिम सहभागी गराउने निर्णय गरेपछि नेपाल सहभागी हुने भएको हो ।

गत फागुनमा सम्पन्न एसिसी महिला प्रिमियर कपको सेमिफाइनलमा आयोजक मलेसियासँग चार विकेटले हारेपछि नेपालले एसिसी महिला एसिया कपमा खेल्ने अवसर गुमाएको थियो । सो समय एसीसी महिला प्रिमियर कपको फाइनलमा पुग्ने दुई टिम एसिया कपमा खेल्न योग्य हुने प्रावधान थियो ।

नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कप खेल्न लागेको हो । यसअघि सन् २०१२ र २०१६ मा पनि नेपाल महिला एसिया कपमा सहभागी भएको थियो ।

एसिसीले मङ्गलबारै प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । जसअनुसार नेपाल समूह ए मा रहेको छ । सो समूहमा उपाधि दाबेदार टिमहरू भारत र पाकिस्तानसँगै एसिसी महिला प्रिमियर कप विजेता युएई रहेका छन् । भारत सर्वाधिक सात पटकको विजेतासँगै गत च्याम्पियन टिम पनि हो । नेपालले आफ्नो पहिलो खेल उद्घाटन दिन पाकिस्तानसँग खेल्ने छ । 

1405
Shares

ट्रेन्डिङ