सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएपछि कार्यदलको बैठक बालुवाटारमा

चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएपछि कार्यदलको बैठक बालुवाटारमा

280
Shares
चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएपछि कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । बालुवाटारमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्क कार्यदलको बैठक बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा हिजो बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएपछि कार्यदलको बैठक बसेको हो।

बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा एमालेबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा रहेका छन्।

हिजो चीनसँग भएको फ्रेमवर्कको विषयमा आजको बैठकमा छलफल चलिरहेको जनाइएको छ। प्रधानमन्त्री ओली पनि चीन भ्रमण सकेर स्वदेश फर्किसकेको भएपनि बैठकमा सहभागी छैनन्।

सत्तारुढ दल कांग्रेस र एमालेबीच बिआरआई ऋण कि अनुदान भन्ने विषयमा मतभेद भइरहेको बेलामा कार्यदलले अनुदानमा पहल गर्ने समझदारी जुटाएको थियो। भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओलीले चीनसँग ऋणसँग सम्बन्धित कुनै सम्झौता नभएको बताए।

उनले विमानस्थलमा भने, ‘ऋणको विषयमा कुनै छलफल भएन। अहिले हामीले जे प्राप्त गरेका छौं त्यो ऋण होइन भन्ने धेरैपटक दोहोर्याएका छौं। ऋणको कुरा चलेकै छैन । किन ऋण ऋण भनेर सारंगी बजेको छ, मैले बुझ्न सकेको छैन।’

280
Shares

ट्रेन्डिङ