सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पूर्व सांसदको गोली हानी हत्या

पूर्व सांसदको गोली हानी हत्या

6235
Shares
पूर्व सांसदको गोली हानी हत्या

अफगानिस्तानका पूर्व सांसद अब्दुल वाली अहमदजाईको तालिवान समूहले गोली हानी हत्या गरेको छ। अफगानिस्तानको पूर्वी प्रान्त लोगारको राजधानी पोल–ए–अलाम क्षेत्रमा पूर्व सांसदलाई अपहरण गरी आक्रमण गरिएको प्रान्तीय सरकारका गभर्नरका प्रवक्ता दिदार लावाङले पुष्टि गरेका छन्।

आफ्नी दिदीको अन्तिम संस्कारका लागि घर गएका पूर्व सांसद अहमदजाईलाई सोमबार राति उनकै घरबाट तालिवान लडाकूको एक समूहले अपहरण गरेको पारिवारिक श्रोतले बताएको छ।

यस घटनाबारे तालिवान समूहले अझै कुनै प्रतिक्रिया जनाइसकेको छैन। अफगानिस्तानको पूर्व राष्ट्रपति हमिज कार्जाईको प्रथम कार्यकालमा संसदको माथिल्लो सभामा लोगर प्रान्तबाट प्रतिनिधित्व गरेका अहमदजाई लोगारका अनुभवी नेता थिए।

6235
Shares

ट्रेन्डिङ