सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा सार्वजनिक यातायातका साधन आजबाटै चल्ने

काभ्रेमा सार्वजनिक यातायातका साधन आजबाटै चल्ने

7710
Shares
काभ्रेमा सार्वजनिक यातायातका साधन आजबाटै चल्ने

धुलिखेल, २९ भदौँः काभ्रेमा सार्वजनिक यातायात आजबाटै चल्ने भएका छन् । कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको (सीसीएमसी) बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर निजी तथा सार्वजनिक यातायातका साधन चल्ने दिने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार पूर्वमा मंगलटार, उत्तर पूर्वमा दोलालघाट र उत्तर पश्चिममा बनेपा बासपार्क क्षेत्रभित्र चल्न पाउने छन् ।

राजधानी प्रवेश गर्ने काभ्रेका सबै नाका बन्द रहेकाले जिल्लाभित्र मात्रै सवारी साधन चल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोख्ररेलले जानकारी दिनुभयो । जिल्ला भित्र यस अघि सञ्चालन हुदैँ आएका सबै रुटहरुमा सार्वजनिक र निजी सवारी साधन चल्न पाउनेछन् ।

7710
Shares

ट्रेन्डिङ