सवारी दुर्घटनामा ७ जनाको मृत्यु
काठमाडौं , मंसिर , १६ , काठमाडौं, भक्तपुर, चितवन, बारा र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । काठमाडौंको महानगरपालिका-१४ कलंकी मकालु पम्प नजिक हाल नम्बर नखुलेको टिपरको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ । […]