सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • निशुल्क अनौपचारिक शिक्षाका लागि स्कुल भवन उदघाटन

निशुल्क अनौपचारिक शिक्षाका लागि स्कुल भवन उदघाटन

4560
Shares
निशुल्क अनौपचारिक शिक्षाका लागि स्कुल भवन उदघाटन

भक्तपुर , मंसिर , २२ ,     नेपाल ट्रेड युनियन कांग्रेस भक्तपुर जिल्लाले र जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान ( जिलाफ ) को सहयोगमा संचालन गर्दै आएको निशुल्क अनौपचारिक शिक्षा स्कुल भवन उदघाटन भएको छ । जिलाफका अन्तर्राष्ट्रिय अध्यक्ष हिरोयुकी नागुमो र ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले संयुक्तरुपमा रिवन काट्नु भई उदघाटन गर्नु भएको हो ।

उदघाटन समारोहमा जिलाफका अध्यक्ष नागुमोले ट्रेड युनियन कांग्रेसले गरेको गतिविधिले जिलाफको सहयोगको सार्थकता पाएको बताउनु हुदै जिलाफ स्कुल र युनियन अफिस सामुदायिक कार्य गर्ने केन्द्रको रुपमा विकास हुने विश्वास गर्नु भयो । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले जिलाफको सहकार्यमा स्कुल, सिपमुलक तालिम र सहकारी स्थापना गरिसकेकोले श्रमिकको जिवनस्तर सुधार गरि ट्रेड युनियन कांग्रेसलाई सामुदायिक कार्य सम्पादनको केन्द्रमा स्थापित गर्ने र यसकार्यलाई सातै प्रदेशमा पुर्‍याउने बताउनु भयो ।

जिलाफका साइतोले ट्रेड युनियन कांग्रेसको गतिविधिले सहयोग गर्न अझै आवश्यक ठानेको बताउनु भयो । ट्रेड युनियन कांग्रेसका उपमहासचिव गणेश केसिले जिलाफको सहकार्यबाट संचालित कार्यले समाजमा ट्रेड युनियन कांग्रेसप्रती हेर्ने दृष्टिकोण सकारात्मक भएको बताउनु भयो । ट्रेड युनियन कांग्रेसले विभिन्न ९ वटा जिल्लाहरुमा निशुल्क स्कुल संचालन गर्दै आएको छ । सात वटा जिल्लामा आफ्नै भवन छ । कार्यक्रम भक्तपुर जिल्ला अध्यक्ष विष्णु खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

4560
Shares

ट्रेन्डिङ