सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • भक्तपुर–पाचँखाल सुरुङ्गमार्ग प्राथमिकतामा : अर्थमन्त्री खतिवडा

भक्तपुर–पाचँखाल सुरुङ्गमार्ग प्राथमिकतामा : अर्थमन्त्री खतिवडा

6295
Shares
भक्तपुर–पाचँखाल सुरुङ्गमार्ग प्राथमिकतामा : अर्थमन्त्री खतिवडा

काभ्रे, मंसिर , २२ , अर्थमन्त्री युवराज खतिवडाले भक्तपुर–पाचँखाल सुरुङ्गमार्ग सरकारको प्राथमिकतामा रहेको वताउनुभएको छ । काभ्रेको पाँचखालमा निर्माण भईरहेको विशेष आर्थिक क्षेत्र (सेज) को अवलोकन गर्दै उहाँले सो कुरा वताउनुभएको हो ।पाँचखालमा मदन भण्डारी प्राविधिक विश्वविद्यालय, विशेष आर्थिक क्षेत्र(सेज), औधोगिक क्षेत्र, युवा उद्यम केन्द्र लगायत राज्यको विशेष योजनाहरु पाँचखालमा बन्दै गरेको सन्दर्भमा ती योजनाहरुको स्थायित्वको लागि भक्तपुर–पाचँखाल सुरुङ्गमार्ग अपरिहार्य रहेको उहाँले वताउनुभयो ।

तातोपानि नाकालाई थप व्यवस्थीत गर्ने योजनामा सरकार रहेको जानकारी दिदैं उहाले चिनसँग सहज पहुचँको लागि समेत सुरुङ्मार्गले ठुलो भुमिका खेल्नसक्ने बताउनुभयो । पाँचखालका कृषि उत्पादनको सहज वजारिकरणको लागि समेत महत्वपुर्ण हुने भक्तपुर–पाचँखाल सुरुङ्गमार्ग करीव ५ किलोमिटरको हुने पुर्वानुमान गरीको छ ।

 

सेज अवलोकनको क्रममा खतिवडाले निर्माणाधिन प्रशासनिक भवन, पर्खाल तथा जग्गा लगायतका विषयमा जानकारी लिनुभएको थियो । अवलोकनका क्रममा उहाँले भन्नुभयो – चाँडो निर्माण सकेर सञ्चालनमा ल्याउनु, बजेटले काम रोकिँदैन ।मन्त्री खतिवडासँगै नेकपाका नेता कञ्चन अधिकारी, वडा अध्यक्ष पुष्कर ढकाल, राजकुमार श्रेष्ठ, बिष्णु पौडेल, राजकुमार बोलखे लगायतको उपस्थिति रहेको थियो ।

6295
Shares

ट्रेन्डिङ