सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • बाबुले गरे १७ वर्षे छोराको हत्या

बाबुले गरे १७ वर्षे छोराको हत्या

8425
Shares
बाबुले गरे १७ वर्षे छोराको हत्या

रुपन्देही, जेठ २८: रुपन्देहीको कञ्चन गाउँपालिकामा बाबुले आफ्नै छोराको हत्या गरेका छन्। गाउँपालिका वडा नम्बर १ कुचेराका ४९ वर्षीय रिम बहादुर कुमालले आफ्ना १७ वर्षीय छोरा सुदिप कुमालको बन्चरो प्रहार गरी हत्या गरेको वडा नम्बर १ का सचिव बिर्ख बहादुर पुलामीले जानकारी दिए।

मंगलबार राती काकाको घरको छतमा सुतेका सुदिपलाई राती १ बजेतिर छतमै गई हत्या गरेको पुलामीले बताए। बन्चरो प्रहार बाट टाउको र मुखमा गम्भीर चोट लागेका सुदिपको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो। हत्यामा संलग्न रिम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीयका अनुसार भारतमा रोजगारी गर्दै आएका सुदिप लकडाउन हुनुपूर्व चैतको पहिलो साता घरमा आएका थिए। रिमबहादुरले दुईवटी श्रीमती विवाह गरेको र सुदिप जेठी श्रीमतीतर्फका कान्छा छोरा हुन् । रिमबहादुरले अत्याधिक मादक पदार्थ सेवन गरेको स्थानीयको भनाइ छ।

8425
Shares

ट्रेन्डिङ