सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • प्रजातन्त्र दिवसको अवसरमा काभ्रेमा बृहत रक्तदान कार्यक्रम

प्रजातन्त्र दिवसको अवसरमा काभ्रेमा बृहत रक्तदान कार्यक्रम

6735
Shares
प्रजातन्त्र दिवसको अवसरमा काभ्रेमा बृहत रक्तदान कार्यक्रम

 

काभ्रे : प्रजातन्त्र दिवसको अवसरमा काभ्रेको बनेपामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 

७२ औं प्रजातन्त्र दिवसको अवसरमा आज नेपाल तरुणदल बनेपा नगर कार्यसमितिले नेपाल रेडक्रस सोसाईटी काभ्रेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।

 

नेपाली काँग्रेस बनेपा नगर समितिका सभापति महेश कुमार कर्माचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाली कांग्रेस तरुण बिभाग केन्द्रिय सदस्य सुधीर बैधको विशिष्ट आतिथ्यता र तरुणदल नगर सभापति बिजेन रन्जितको सभापतित्व रहेको थियो ।

 

रक्तदान गरि गरौं जिवनदान नारा रहेको कार्यक्रममा ८३ जना रक्तदाताहरुले रक्तदान गरेका आयोजकले जानकारी दिएको छ ।

 

 

रक्तदान गरी जिवनदान गर्ने सम्पुर्णलाई नेपाल तरुण दल बनेपा नगरसमितिले धन्यवाद दिएको छ । रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको आयोजकले बताएको छ।

6735
Shares

ट्रेन्डिङ