सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • महिला हत्या आरोपमा श्रीमान् र सौता पक्राउ

महिला हत्या आरोपमा श्रीमान् र सौता पक्राउ

725
Shares
महिला हत्या आरोपमा श्रीमान् र सौता पक्राउ

सर्लाही । सर्लाहीको बरहथवामा एक महिलाको हत्या भएको छ ।

 बरहथवा नगरपालिका–१२, लौकाठ बस्ने ३५ वर्षीया लिलावती देवी महतोको हत्या भएको हो ।

प्रहरीले घटना लगत्तै मृतक महिलाका श्रीमान् ३८ वर्षीय शङ्कर महतो र सौता २१ वर्षीया सजन देवी महतोलाई नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान घरदेखि करिब डेढ किलोमिटर टाढा कमल रायको खेतमा फेला परेको थियो । मृतक महिलाको अनुहार र घाँटीमा चोट देखिएको छ ।

उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

725
Shares

ट्रेन्डिङ