सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • धुलीखेल अस्पताल २३ औं वर्षमा

धुलीखेल अस्पताल २३ औं वर्षमा

4570
Shares
धुलीखेल अस्पताल २३ औं वर्षमा

पुजन धिताल , 
काभ्रे  , मंसिर , २४ , धुलीखेल हस्पिटल, काठमाण्डौ विश्व विद्यालय अस्पताले २३ औं वार्षीकोत्सव समारोह मनाएको छ । वि.सं. १९९६ मा स्थापना भई हाल सम्म देशको विभिन्न ठाउँका बिरामीहरुलाई गुणस्तरीय स्वास्थ सेवा दिदै आएको यस हस्पिटलले आज आफ्नोवार्षीकोत्सव समारोहको आयोजना गरी स्थापना देखी हाल सम्म हस्पिटलमा वृद्धि गरीएको सेवा सुविधाको बारेमा जानकारी दिएको छ ।

काभ्रे जिल्ला तथा आसपासको जिल्लामा समेत आफ्नो सेवा केन्द« विस्तार गरेको छ । ५० सौयाबाट सुरु भएको धुलीखेल अस्पतालको यात्रा २३ औं वार्षीकोत्सव सम्म आउदा ४ सय सौया पु¥याएको छ । हाल अस्पतालको आधुनीक सुविधा सम्पन्न भवन मात्र नभई बिरामीहरुलाई ध्यानकर्षणमा रखेर भवन छुट्टा छुट्टै तथा वार्डहरु समेत छुट्टै गरी विश्वकै उच्च प्रविधिमा रहि सेवा प्रभाहा दिदै आएको छ ।

नेपाल तथा अन्तराष्ट्रिय विशिष्ठ चिकित्सक द्धारा अत्याधुनीक प्रविधि सहित चौबिसै घण्टा सेवा दिदै आएको छ । २३ औं वार्षीकोत्सव समारोहमा पुर्व विश्व विद्यालयको उपकुलपती डा. सुरेश राज शर्मा, उपकुलपति रामकण्ठ माकाजु, जिल्ला प्रशाशन कार्यलयका प्रमुख श्रवण कुमार तीमल्सिना, धुलिखेल न.पाका प्रमुख अशोक व्याञ्जु, विश्व विद्यालयका मेडिकल डिन, हस्पिटलका विशिष्ठ चिकित्सकहरु तथा पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रममा प्रशिद्ध गायीका आंङि छोइङ डोल्मा तथा अन्य कालाकारको उपस्थिति समेत रहेको थियो ।

4570
Shares

ट्रेन्डिङ