सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • निरन्तर ओरालोमा सुनको मूल्य

निरन्तर ओरालोमा सुनको मूल्य

5220
Shares
निरन्तर ओरालोमा सुनको मूल्य

काठमाडौं, मंसिर ,२४ , पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला रु. दुई सयले घटेको छ । महासङ्घले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु. ७० हजार आठ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु. ७० हजार पाँच सय निर्धारण गरेको छ ।

पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला रु. एक हजार चार सयले घटेको छ ।सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । मंगलबार चाँदीको मूल्यमा प्रतितोला रु. पाँचले घटेर रु. आठ सय ३० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

गत बुधबार छापावाला सुन प्रतितोला रु. ७२ हजार दुई सय र तेजाबी सुन रु. ७१ हजार नौं सयमा खरिदबिक्री भएको थियो ।सुनको मूल्य बिहीबार प्रतितोला रु. दुई सय, शुक्रबार रु. तीन सय, आइतबार रु. पाँच सय र सोमबार प्रतितोला रु. दुई सयले घटेको थियो ।

5220
Shares

ट्रेन्डिङ