सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • एक दर्जन नेताहरुले गरे पार्टी परित्याग

एक दर्जन नेताहरुले गरे पार्टी परित्याग

4950
Shares
एक दर्जन नेताहरुले गरे पार्टी परित्याग

शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का पूर्व केन्द्रीय सदस्यसहित सप्तरीका एक दर्जन जिल्लास्तरीय नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । पार्टीका पूर्व केन्द्रीय सदस्य तथा संस्थापक नेता भरतप्रसाद साहलगायतले मङ्गलबार संयुक्त प्रेस विज्ञप्तिमार्फत पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
सप्तरीका जिल्ला उपाध्यक्ष वैजुप्रसाद दास र भागिरथप्रसाद साह, सहसचिव ललनप्रसाद यादव, जिल्ला सदस्य रासदेव राम, चित्तरंजन सदा, रामचन्द्र चौधरी, कुलानन्द चौधरी, मुसण्डिवती चौधरी, सञ्जीवकुमार साह, जिल्ला सल्लाहकार युगेश्वर साह र युवा सङ्गठनका पूर्व जिल्ला अध्यक्ष सनात अलिले पार्टी परित्याग गरेका छन् ।
पार्टीमा व्यक्तिवाद, स्वार्थवाद र अवसरवादी प्रवृत्ति हावी भएको र आसेपासे मान्छे मात्रै पहुँच र पदमा पुग्ने गैरराजनीतिक संस्कारको बोलवाला बढेकाले काम गर्न असहज महसुस गरी पार्टी परित्याग गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीभित्रको गलत संस्कारविरुद्ध पटकपटक विरोध र असन्तुष्टि जनाउँदा पनि कुनै सुनुवाइ नहुँदा आफ्नो राजनीतिक साख जोगाउन र अस्तित्व बचाइ राख्न सामूहिक राजीनामा गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । रासस

4950
Shares

ट्रेन्डिङ