सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१

दुर्घटनामा ३ को मृत्यु

3410
Shares
दुर्घटनामा ३ को मृत्यु

काठमाडाैं , मंसिर , २० ,   तीन छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।कपिलवस्तुको कृष्णनगर नगरपालिकामा अटो रिक्साबाट खसेर एक जनाको मृत्यु भएको छ । लु.१ ह ३०५० नम्बरको अटो रिक्शाबाट खसेर श्यामसुन्दर चौहानको मृत्यु भएको हो ।

 

त्यसैगरी चितवनको भरतपुर महानगरपालिका १५ मा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ना.४० प ७३१३ र लु.४ प ६६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा रामचन्द्र रेग्मीको मृत्यु भएको हो ।त्यस्तै काभ्रेको पाँचखाल नगरपालिका ८ मा मोटरसाइकल दुर्घटना हुँदा नवलपरासीकी निरमाया तामाङको मृत्यु भएको छ ।

3410
Shares

ट्रेन्डिङ