सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ओलीको गृह गाउँपालीकामा कांग्रेसको अग्रता

ओलीको गृह गाउँपालीकामा कांग्रेसको अग्रता

4060
Shares
ओलीको गृह गाउँपालीकामा कांग्रेसको अग्रता

असार १७, झापा । नेकपा एमाले अध्यक्ष केपी ओलीको गृह गाउँपालीका झापा गाउँपालिकामा एमालेलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता लिएको छ। नेकपा एमाले र नेकपा माओबादी लाई उछिन्दै नेपाली कांग्रेसका प्रमुख जयनारायण शाह र उप-प्रमुख बसुन्धरा प्रसाईं थपलियाले अग्रता लिएका हुन। पछिल्लो मतपरिणाम अनुसार प्रमुख/उप-प्रमुखमा
नेपाली कांग्रेस- 1937/1465
नेकपा एमाले -954/1031
ने.क.पा.माओवादी केन्द्र – 894/932
बिबरण प्राप्त भएको छ।त्यस्तै झापा गाउँपालीका-१ मा पनि वडाध्यक्ष सहित कांग्रेसको प्यानलनै बिजयी भएको हाम्रा संबाददाता सुमन प्याकुरेलले जानकारी दिएका छन। चुनाब प्रचार-प्रसारको क्रममा एमाले अध्यक्ष केपी ओली आफ्नो गृह गाउँपालीका पुगेर बालापनको यादलाइ स्मरण गर्दै बिकासको लहर लेउने संकल्प गरेर मतदाता रिझाउने भरपुर प्रयास गरेका थिए।तर मतपरिणाम उल्टो आएको देखिन्छ।

4060
Shares

ट्रेन्डिङ