सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • ६ लाख ६९ हजार ८१० नगद सहित २० जना जुवाडे पक्राउ

६ लाख ६९ हजार ८१० नगद सहित २० जना जुवाडे पक्राउ

595
Shares
६ लाख ६९ हजार ८१० नगद सहित २० जना जुवाडे पक्राउ

काठमाडौं :- काठमाडौंको बौद्धबाट जुवा खेलिरहेका २० जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटी रामनगर पार्टी प्यालेस नजिकैबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले २० जनालाई पक्राउ गरेको हो। उनीहरूबाट ६ लाख ६९ हजार ८१० नगद बरामद गरेको छ।

प्रहरी वृत्त बौद्धबाट यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।

595
Shares

ट्रेन्डिङ