सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • साढे ७१ किलो गाँजासहित २ युवक पक्राउ

साढे ७१ किलो गाँजासहित २ युवक पक्राउ

310
Shares
साढे ७१ किलो गाँजासहित २ युवक पक्राउ

हेटौडा । मकवानपुर प्रहरीले मंगलबार गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत तिनताप्के मनहरीबचट हेर्टौडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नं. को पिकअप गाडीलाई प्रहरीले रोकी जाँच गर्दा ७१ किलो ७ सय ग्राम गाँजासहित राक्सीराङ गाउँपालिका— ९ का २० वर्षिय गाडी चालक मिलन घलान र गाडीमा सवार २६ वर्षिय दावा थिङलाई पक्राउ गरेको हो ।

पिकअप गाडीको चालक बस्ने सिट मुनि प्लाष्टिकमा प्याक गरेर गाँजा लुकाएर ल्याएको थियो । १३ वटा प्लाष्टिकमा प्याक गरेर गाँजा ल्याएको थियो । घलान र थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ ।

310
Shares

ट्रेन्डिङ