सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जहाज ‘हेर्न र लिन’ भन्दै सिंगापुर पुगे २० कर्मचारी

जहाज ‘हेर्न र लिन’ भन्दै सिंगापुर पुगे २० कर्मचारी

3665
Shares
जहाज ‘हेर्न र लिन’ भन्दै सिंगापुर पुगे २० कर्मचारी

काठमाडौँ, भदौ ११ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारीलाई सिंगापुर पठाएको छ । जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गरेका हुन् ।

ती मध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेका छन् भने आधा उतै घुमिरहेका छन् । सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि कंसाकारले भ्रमण बिदा स्वीकृत गरेका हुन् । ‘यसका लागि व्यवस्थापनले २० लाख रुपैयाँ खर्च गरेको छ’, निगम स्रोतले भन्यो : ‘जो सिंगापुरमा जहाज हेर्न र लिन जाने भनेर गएका छन् ती कसैले पनि जहाज मर्मत भइरहेको ह्यांगरभित्र जानै पाउँदैनन्, लिएर आउनु त परकै कुरा भयो ।’

3665
Shares

ट्रेन्डिङ