सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एटीएमबाट पैसा चोर्ने सबैजसो विदेशी

एटीएमबाट पैसा चोर्ने सबैजसो विदेशी

2525
Shares
एटीएमबाट पैसा चोर्ने सबैजसो विदेशी

मंसिर १३, काठमाडौं । एटीएमबाट पैसा चोरी गर्नेमा अधिकांश विदेशी नागरिक भेटिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको अनुसन्धानमा यस्तो तथ्य फेला परेको हो ।

पछिल्ला ४ वर्षयता नेपालमा एटीएमबाट पैसा चोरीका तीन दर्जनभन्दा बढी घटना भएका छन् । करिब दुई दर्जन घटना सीआईबीले अनुसन्धान गरिरहेको छ । तीमध्ये करिब ८५ प्रतिशत घटनामा विदेशी नागरिकको संलग्नता रहेको देखिएको छ । जसबाट सर्वसाधारणको करोडौं रुपैयाँ चोरी भएको छ ।

यसको अर्थ विदेशीहरूले मात्र एटीएमबाट पैसा चोरी गर्छन् भन्ने होइन । नेपालीहरूबाट पनि यस्ता धेरै घटना भएका छन् । ती सबै घटनाहरू बाहिर आउँदैनन् । यसकारण यस्ता घटनामा विदेशीको संलग्नता धेरै देखिएको हो ।

प्रहरीका अनुसार ०७० कात्तिकदेखि गत भदौ २५ गतेसम्म एटीएमबाट पैसा चोरीका २० वटा घटना भएका छन् । जसमध्ये ३ वटा घटनामा नेपाली संलग्न देखिएका छन् । बाँकी १७ वटा घटनामा विदेशीको संलग्नता रहेको सीआईबीको तथ्यांकमा छ । आजको कान्तिपुरमा खबर छ ।

2525
Shares

ट्रेन्डिङ