सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नेवी संघ काभ्रेको राहत वितरण

नेवी संघ काभ्रेको राहत वितरण

12405
Shares
नेवी संघ काभ्रेको राहत वितरण

काभ्रे : कोरोना भाइरसका कारन यतिखेर नेपाल पुर्णरुपमा लकडाउन भएको पनि तेस्रो हप्तामा प्रवेश गरिसकेको छ।जसका कारण सबै क्षेत्रमा नराम्ररी असर पुगेको छ र दैनिक ज्यालादारी गरेर खानेहरुलाई भने ठुलो समस्या परेको छ।

यो कुरालाई मध्यनजर गर्दै यतिखेर स्थानिय निकायले पनि राहत बाढिरहेका छन् भने केही संघ संस्थाले पनि राहत बाढने कार्यलाई अगाडि बढाइरहेका छन् । यसैक्रममा नेपाल बिद्यार्थी संघ काभ्रेले पनि निम्न बर्गीय केही परिवार र ब्यक्तिको छनोट गरि सकेको जति सहयोग गरिरहेको छ।

नेबि संघ काभ्रेका अध्यक्ष नृपेश बादेका अनुसार साथी भाइ र अन्य स्रोतबाट जानकारीमा आए अनुसारका ब्याक्ति र परिवारलाई सकेको जति सहयोग गरिरहेको बताए ।

बनेपाकि मसली माया तामाङको परिवारलाई चामाल ,दाल,चिउरा,नुन,बिस्कुट ,चिनी,साबुन लगयतका अत्यावश्यक सामग्री वितरण गरेको नेबि संघ काभ्रेले श्रीमान बिदेश भएको र यतिखेर सुत्केरी समेत भएकि बनेपा ठकुरि गाउँकि महिलालाई समेत सहयोग गरेको छ।

अति बिपन्न परिवार जो यो समयमा एक छाक खान नपाए र बस्नु नपरोस भन्ने उद्धेश्यले सहयोग गर्न अगाडि बढि रहेको नेबि संघ काभ्रेले यसै हप्ता बाट बाटोमा हिड्ने बटुवा र अन्य ब्यक्तिलाई खाना खुवाउने कार्यलाई समेत अगाडी बढाउन लागिरहेको अध्यक्ष बादेले जानकारी दिए ।

12405
Shares

ट्रेन्डिङ