सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • हिन्दू परिषद नेपाल द्वारा कलैयामा बिरोध प्रदर्शन

हिन्दू परिषद नेपाल द्वारा कलैयामा बिरोध प्रदर्शन

8865
Shares
हिन्दू परिषद नेपाल द्वारा कलैयामा बिरोध प्रदर्शन
  • सुनिल श्रेष्ठ

कलैया / हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति बाराले आज कलैयामा बिरोध प्रदर्शन गरेको छ।हिन्दू समुदाय वा आस्था केन्द्र माथि बारा जिल्ला सहित मुलुकमा भई रहेको आक्रमणको विरोधमा परिषदले ओमकार परिवार एक होऔ,गौ माताको संरक्षण गर,हिन्दू माथिको दमन बन्द गर,धर्म-निरपेक्षताको आडमा बदमाशी बन्द गर,गौ हत्या गर्ने लाई जन्मक़ैद गर,धर्म परिवर्तन गराउने लाई कड़ा कारवाही गर,धर्म बेचने दलाल नेताहरु मुर्दाबाद नारा लगाउदै सरकारको बिरोध गरेको हो ।

बारा जिल्ला अध्यक्ष गोपाल बाबाको सभापतित्वमा सम्पन विरोध कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल,केन्द्रिय सदस्य सुरेश साह कानू, बारा जिल्ला सचिव कमलेश सहनी, कोषाध्यक्ष अरुण चौधरी, जिल्ला सदस्यहरु महन्थ राउत,उत्तिम चन्द्र पासवान,प्रशौनी गौउपालिका अध्यक्ष अरविन्द मदनवाल,पचरौता नगरपालिकाका प्रदीप साह,अमित वर्मा,रामकिशोर पटेल,चन्दन पटेल सहित दर्जनौ सहभागी थिए।

8865
Shares

ट्रेन्डिङ