सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • देशैभर कांग्रेसको अवस्था राम्रो छः प्रवक्ता विश्वप्रकाश शर्मा

देशैभर कांग्रेसको अवस्था राम्रो छः प्रवक्ता विश्वप्रकाश शर्मा

6150
Shares
देशैभर कांग्रेसको अवस्था राम्रो छः प्रवक्ता विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पालिका चुनावमा कांग्रेसले देशभर बहुमत ल्याउने दाबी गर्नुभएको छ । लिखु गाउँपालिकामा  शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यही वैशाख ३० को चुनावमा कांग्रेसका कुनै उम्मेदवार पराजित नहुने जिकिर गर्नुभएको हो ।

देशभरको जनलहर कांग्रेसको पक्षमा रहेको दाबी गर्दै महामन्त्री शर्माले पार्टी एकताबद्ध हुनु र गठबन्धन गरिनुले कांग्रेसका उम्मेदवार सबै विजयी हुने आधार प्रस्तुत गर्नुभयो ।

देशभरका सात सय ५३ पालिकामध्ये ६ सय ३४ मा कांग्रेसले प्रमुख पदमा उम्मेदवार उठाएको उहाँले बताउनुभयो । बाँकी एकसय १९ ठाउँ गठबन्धनका अन्य दललाई दिएर देशभर कांग्रेसले उनीहरूको साथ लिएको शर्माको भनाइ थियो । तीनवटै तहका सरकार कांग्रेस नेतृत्वमा बन्ने शर्माको भनाइ छ ।

कार्यक्रमलाई कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा र प्रदीप सुनुवारलगायतले सम्बोधन गर्नुभएको थियो ।

 

6150
Shares

ट्रेन्डिङ