सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • कुवेतको श्रमिक क्याम्प आगलागी :  ३ जना नेपाली घाइते

कुवेतको श्रमिक क्याम्प आगलागी :  ३ जना नेपाली घाइते

95
Shares
कुवेतको श्रमिक क्याम्प आगलागी :  ३ जना नेपाली घाइते

काठमाडौं । कुवेतमा आप्रवासी श्रमिकहरू बस्ने क्याम्पमा आगलागीमा परी पाँच जना नेपाली घाइते भएका छन् ।

महंगाफास्थित एक आप्रवासी श्रमिक बसोबास गर्दै आएको क्याम्पमा बुधबार बिहान आगलागी भएको थियो । आगलागीमा परी ४० जनाको मृत्यु भएको छ ।

आगलागीमा परेर पाँच जना नेपाली श्रमिक घाइते भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावसका अनुसार दुईजना सुरक्षित भएको र बाँकी तीन जना सामान्य छन् ।

आगलागीबाट घाईते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भइरहेको छ ।  दिनेश कुमार मण्डलको भने फरवानिया अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज भै सकेको दूतावसाले जनाएको छ । जाकिर नाडाफ र सन्तोष कुमार गोइत भने सुरक्षित रहेको दूतावासले  जारी दिएको छ ।

नीहरु हाम फाल्ने क्रममा घाइते भएको बताइएको छ ।

स्थानीय समय अनुसार हिजो बिहान ६ बजे उक्त भवनको तल्लो तलामा रहेका भान्छा कोठाबाट आगो सल्किएको थियो । खाना पकाउने ग्यासको सिलिन्डर पकडेर आगलागी भएको प्रारम्भिक अनुमान रहेको छ ।

६ तले उक्त भवनमा करिब एक सय ९५ जना श्रमिक बस्दै आएका छन् । जसमा सबैभन्दा बढी भारतीय श्रमिकहरू रहेका छन् ।

95
Shares

ट्रेन्डिङ