सबैको समाचार
शनिबार, असार ६, २०८३
  • होमपेज
  • १७ बर्षीया मृगौला पीडित किशोरीलाई सहयोग

१७ बर्षीया मृगौला पीडित किशोरीलाई सहयोग

5380
Shares
१७ बर्षीया मृगौला पीडित किशोरीलाई सहयोग

नेपालगन्ज, ५ जेठ । खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरी निवासी मृगौला पिडीत सुदिपा बानियाले आर्थिक सहयोग प्राप्त गर्नुभएको छ । १७ वर्षिया बानियालाई बाँके प्रवासी सेवा समाज दोहा कतारले रु ६० हजार बराबरको रकम चेक आज एक कार्यक्रमका विच उपलब्ध गराएको होे । बाँके प्रवासी सेवा समाज दोहा कतारका सदस्य कृष्ण प्रसाद सापकोटाकोे श्रीमति तारा सापकोटाले उक्त रकमको चेक सुदिपाका बुवा सुरेन्द्र र आमा सिता बानियालाई हस्तारण गर्नुभएको छ ।
लामो समय देखी शरीरका दुई वटै मृगौलाले काम गर्न छोडेपछि अहिले सुदिपालाई भक्तपुर स्थित मानव अगं प्रत्यारोपण केन्द्रको प्रत्यक्ष निगरानीमा राखिएको छ । पिडीत सुदीपालाई आमा सिता बानियाले मिल्ने अवस्थामा आफनो शरीरको एउटा मृगौला दान गर्ने भने पनि आर्थिक अभावकै कारण मृगौला प्रत्यारोपणको कार्य रोकीएको थियो । आफन्त्त, शुभेक्छुक प्रियजनवाट अलि अलि सहयोग प्राप्त भएकाले १७ वर्षिया किशोरी सुदिपाको अब मृगौला प्रत्यारोण कार्य अगाडि बढाउने घरपरिवारको तयारी छ ।
सन २०१६ मा गठित बाँके प्रवासी सेवा समाज दोहा कतारको अध्यक्ष प्रकाश कोइराला हुनुहुन्छ । चाहे स्वदेशमा होस वा विदेशमा समस्या अथवा विपत्तिमा परेका आम नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई सहयोग गर्ने उद्देश्यका साथ गठन गरिएको बाँके प्रवासी सेवा समाज दोहा कतारले पहिलो पटक नेपालमा मृगौला पिडीत किशोरीलाई सहयोग गरेको जनाईएको छ ।

5380
Shares

ट्रेन्डिङ