काभ्रेको भुम्लुमा एक जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४३ पुग्यो
धुलिखेल, २६ साउनः काभ्रेको भुम्लु गाउँपालिकामा एक जनामा कोरोना सक्रमण देखिएको छ । पालिकाको वडा नम्बर ६ का १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई धुलिखेल अस्पातालको आइसोलेसनमा ल्याइएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । त्यस मध्ये २८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । […]