सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा आजदेखि सबै कार्यालय खुल्ने

काभ्रेमा आजदेखि सबै कार्यालय खुल्ने

6690
Shares
काभ्रेमा आजदेखि सबै कार्यालय खुल्ने

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकमा रहेका सबै सरकारी तथा निजी कार्यालयहरु शुक्रबारदेखि सञ्चालन हुने भएका छन्। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कोरोना संक्रमणको बीचमा जिल्लाका सबै सेवाग्राहीलाई एकै पटक सेवा दिन कठिनाई हुने भएकाले शुक्रबारबाट अर्काे व्यवस्था नभएसम्म समयसीमा तोकेएर सुरक्षा मापदण्ड पूरा गरी कार्यालयहरु सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको बैठकले भदौ २६ गतेदेखि जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, आन्तरिक राजस्व कार्यालयलगायत जिल्लाका सबै बैंक तथा वित्तीय संस्था, खाद्यान्न, लत्ताकपडासहितका पसलहरु खुलाउने निर्णय गरेको हो।

जिल्लामा रहेका बैंक तथा वित्तीय संस्था (सहकारीसमेत) न्यूतमत जनस्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी नियमति रुपमा सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ। त्यसैगरी खाद्य सामग्री, निमार्ण सामग्री, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी तथा औषधि पसल, लत्ताकपडा र अन्य सामग्रीका पसलहरु सामाजिक दूरी कायम गरी अनिवार्य रुपमा मास्क, सेनिटाइजरको प्रयोग÷साबुन–पानीले हात धुने व्यवस्था गरी बिहान ७ बजेदेखि साँझा ७ बजेसम्म सञ्चालन हुनेछ।

तर सार्वजनिक सवारीसाधनको हकमा भने कुनै निर्णय भएको छैन। प्र’हरी निरीक्षक आधारभूत तालिम, नेपाल नर्सिङ र नेपाल फार्मेसी काउन्सिलको लाइसेन्सका लागि आवतजावत गर्नेहरुलाई पनि सहजीकरणको प्रबन्ध मिलाउने गरी बैठकमा निर्णय भएको प्रजिअ पोखरेलले बताए। यस्तो छ स्थानीय तहबाट सेवा प्रवाह हुने तालिका प्रजिअ पोखरेलको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १३ वटा स्थानीय तहको कार्यालय सञ्चालन हुने बार तोकिएको छ।

जसअनुसार धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाबाट आइतबार, मंगलबार र बिहीबार सेवा प्रवाह सञ्चालन हुनेछ। बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाको कार्यालयबाट सोमबार, बुधबार र शुक्रबार सेवाग्राहीलाई सेवा हुनेछन्। गाउँपालिकाहरुको हकमा भने हरेक दिन सेवा उपलब्ध गराउने निर्णय भएको छ।

6690
Shares

ट्रेन्डिङ