सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको कोशीपारीबाट बिरामी सुत्केरीलाई अस्पताल ल्याउँदाको सकस (भिडियो सहित)

काभ्रेको कोशीपारीबाट बिरामी सुत्केरीलाई अस्पताल ल्याउँदाको सकस (भिडियो सहित)

7710
Shares

काभ्रे, २५ भदौः भुम्लु गाउँपालिका वडा नम्बर १ मुलखर्ककी २३ बर्षीय सरिता पन्त पाँचदिन अघि सुत्केरी हुनुभएको थियो । यो बीचमा उहाँ र बच्चाको स्वास्थ्यमा समस्या आयो । परिवारका सदस्यहरुले एम्बुलेन्स मगाए । एम्बुलेन्सपनि गाउँ आइपुग्यो ।

तर जति छिटो बिरामी सुत्केरी र बच्चालाई अस्पताल लैजान आफन्त आतुर थिए । सडक बाधक बनिदियो । गाउँबाट केहि तल आएपछि घट्टेखोला नजिकको बाटो बिग्रिएको कारण बिरामी सुत्केरी र बच्चालाई पुर्याउन निकै सास्ती खेप्नु परेको हो । घट्टेखोला आसपास यसअघि देखिनै सडक बिग्रिएको हो । तर गाउँपालिकाले सडक निर्माणमा चासो नदिएको स्थानीयहरुले गुनासो गरेका छन् ।

भुम्लु गाउँपालिका वडा नम्बर १ २ र ३ जोड्ने यो सडक भएर हवेली हुँदै सापिङ ठाउँमा जान सकिन्छ । तर वर्षातसँग आएको भल बाढीले बिग्रिएको सडक मर्मतमा स्थानीय सरकारले ध्यान नदिएको भन्दै स्थानीयहरुले आक्रोश पोखेका छन् ।
हेर्नुहोस् भिडियो :-

https://www.youtube.com/watch?v=By1zt_JR7Xc&fbclid=IwAR3Livo965rRshoXWyB0ery3fmrJiCVsGB50cgoqRZGio8EfOJBpX6SWltE

7710
Shares

ट्रेन्डिङ