सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काठमाडौंका मेयर शाक्य होटल सोल्टीको आइसोलेसनमा, दैनिक ७५ हजार खर्च

काठमाडौंका मेयर शाक्य होटल सोल्टीको आइसोलेसनमा, दैनिक ७५ हजार खर्च

4830
Shares
काठमाडौंका मेयर शाक्य होटल सोल्टीको आइसोलेसनमा, दैनिक ७५ हजार खर्च

काठमाडाैं, २९ भदाै । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण भएपछि होटल सोल्टीको आइसोलेसनमा बसेका छन्। दैनिक करिब ७५ हजार रुपैयाँ खर्च हुनेगरी मेयर शाक्य परिवारसहित होटलको आइसोलेसनमा बसेको स्रोतले बतायो। शाक्यसँग पत्नी, छोरीलगायत परिवारका सदस्य छन्।

होटल आइसोलेसनको खर्च कसले बेहोर्ने भन्ने प्रस्ट भइसकेको छैन। मेयर शाक्य सपरिवार सोल्टी होटलमा आइसोलेसन बस्दा लागेको खर्च महानगरपालिकाले बेहोर्ने कि उनले आफैं बेहोर्ने भन्ने टुंलो नलागेको महानगरसम्बद्ध स्रोतले बतायो।

भदौ १५ कोरोना संक्रमण पुष्टि भएपछि मेयर शाक्य दैनिक ७५ हजार रुपैयाँ तिर्नेगरी विशेष सुविधासहितको कोठा लिएर बसेको होटलसम्बद्ध स्रोतले बतायो। ‘३–४ वटा कोठा लिएर मेयर परिवारसहित बस्नुभएको छ। स्टार होटलमा रुम लिएर आइसोलेसनमा बसेको कुरा सार्वजनिक हुँदा राम्रो सन्देश नजाने भएकाले होटलका कर्मचारीलाई यस विषयमा नबोल्न भनिएको छ’, होटल स्रोतले नागरिकसँग भन्यो।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले मेयर शाक्यसँग भेट नभएको एक साताजति भएको बताउँदै भने, ‘उहाँ कहाँ बस्नुभएको छ भन्ने कुरा जानकारीमा छैन।’ मेयर शाक्यले एक साताअघि घरबाटै वडाका गतिविधिबारे जानकारी लिएको दाबी डंगोलको छ। महानगरको प्रवक्ता भएपछि त सम्पर्क हुनुपर्ने नि भन्ने प्रश्नमा शाक्यले काम नपरेकाले अहिले सम्पर्क नगरेको तर्क गरे। मेयर शाक्यको मोबाइल भने स्विच अफ गरिएको छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

4830
Shares

ट्रेन्डिङ