सबैको समाचार
शनिबार, अशोज १०, २०७७
  • होमपेज
  • सिन्धुपाल्चोक पहिरो अपडेट : ५ जनाको श’व फेला, ११ घर पुरियो (भिडियो सहित)

सिन्धुपाल्चोक पहिरो अपडेट : ५ जनाको श’व फेला, ११ घर पुरियो (भिडियो सहित)

२६ जना बे'पत्ता

धुलिखेल, २९ भदौँः सिन्धुपाल्चोकमा गएराति बस्ती माथिबाट आएको पहिरोले ११ घर पुरेको छ । जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ को घुम्थाङ, भीरखर्क र नाकुचेमा गरी ११ घर पुरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पहिरोमा पुरिएका मध्ये ५ जनाको श’व फेला परेको छ । तीन जना घा’इतेलाई बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ । पहिरोमा २६ जना बे’पत्ता भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बे’प’त्ताहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्र’हरी र सशस्त्र प्र’हरी खटिएको बताइएको छ ।

पहिरो पीडितहरुलाई राहत सामग्री वितरणको काम पनि साथ साथै भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका