सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काठमाडौं पत्रकारमा त्रिपक्षिय भिडन्त ?

काठमाडौं पत्रकारमा त्रिपक्षिय भिडन्त ?

4220
Shares
काठमाडौं पत्रकारमा त्रिपक्षिय भिडन्त ?

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १० औं अधिवेशन आगामी चैत्र १ गते हुने भएको छ । देश भरीकै केन्द्र विन्दुमा रहेको काठमाडौं शाखामा को होला अध्यक्ष भन्ने चासो बढेको छ ।
प्रायःगरि साना लगनीका साप्ताहिक÷मासिक पत्रिकाका पत्रकारहरु सदस्य भएको काठमाडौं शाखामा त्रिपक्षिय भिडन्त हुने संकेत देखा परेको छ । करिब १ हजार जना साधारण सदस्य रहेको यस शाखामा पार्टी आवद्ध पत्रकार भन्दा पनि राष्ट्रवादी पत्रकारहरु विगतको नेतृत्वमा थिए ।
पछिल्लो समयमा एमाले समर्थक प्रेस चौतारीको नेतृत्व पटक÷पटक आएपनि शाखाको एउटा भवन समेत बनाउन सकेन, सदस्यताको सुद्धिकरण गर्न सकेन र यो समाचार तयार बनाउँदा सम्म नयाँ सदस्यताको निर्णय समेत गर्न सकेको छैन ।
यस पटकको १० औं अधिवेशनमा कसले नेतृत्व लिने हो हेर्न बाँकी छ तर नेतृत्वको दावी गर्ने चार जना सक्षम र सवल छन् । प्रेस चौतारीबाट अध्यक्ष उम्मेदवार बनाइएका शान्तराम विडारी, प्रेस यूनियनका श्रीजन झा र प्रेस सेन्टरका द्वय राम कृष्ण अधिकारी र वरिष्ठ पत्रकार एवं गोलमेच साप्ताहिकका सम्पादक/प्रकाशक एकराज दाहाल र अर्का उम्मेदवार देश दपर्ण साप्ताहिकका सम्पादक/प्रकाशक एवं बरिष्ठ पत्रकार रामचन्द्र सिलवालले स्वतन्त्र उम्मेदवारी दिने भएपछि यी वीच नै कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
यी तीन वटै संगठनका उम्मेदवारहरुको हार जीत भने राष्ट्रवादी पत्रकारहरुको मतले नै गर्ने प्रष्ट देखिन्छ ।
नेपाल पत्रकार महासंघ काठमाडौंका पूर्व सभापति युवराज विद्रोही र हरि लम्साल जस्ता हस्तीरुको चर्को पंकट अझै काठमाडौं शाखामा रहेको छ । यदि ५ जना नै सभापति पदमा प्रतिस्पर्धा भए भने पूर्व सभापति युवराज विद्रोहीको साथ जसले पाउने उसैले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सभापति जित्ने प्रायः निश्चित जस्तै छ ।
नेपाल पत्रकार महासंघ काठमाडैं शाखा पार्टी आवद्ध पत्रकारहरुको भन्दा राष्ट्रवादी पत्रकारहरुको बाहुलियत रहेकाले यी तिनै वटा संगठनले राष्ट्रवादी पत्रकारहरुसँग हातेमालो गरि अगाडि बढ्नुको विकल्प छैन । २ कार्यकाल प्रेस चौतारीले नेतृत्व कब्जा गरेको यस जिल्लामा यस पटक कसले बाजी मार्ने हो भन्न सक्ने अवस्था नै छैन ।
स्मरणीय होस्ः यदि काठमाडौं शाखाले करिब ५०० जना नयाँ पत्रकारहरुको सदस्यता भित्रका गैर पत्रकारको नयाँ पत्रकार सिफारिस गरि केन्द्रिय कार्यालयमा पठायो भने त्यसै दिनबाट राजतिलक साप्ताहिक पत्रिकाका प्रकाशक/सम्पादक एवं नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका (पार्षद) भूपेन्द्र आचार्यले आमरण अनसन सुरु गर्ने बताएका छन् ।
करिब ६ को हाराहारीमा मात्रै पुरानै सदस्यता नविकरण भएको कार्यालय सचिव अर्जुन डोटेलले बताए ।
मात्रै १० दिन बाँकी छ । यो वीचमा नयाँ सदस्यताको सिफारिस हुने नहुने विवाद कायमै रहेको बेला चुनावी मैदानमा रहेको ५ जनाको बारेमा अहिले नै भन्न सक्ने अवस्था नै छैन ।
पहिला जस्तै गरि सजिलै प्रेस चौतारीले यस पटक काठमाडौंको सभापति जित्ने अवस्था देखिदैन । अधिकाश पुराना पत्रकारहरुको बहुलियत रहेको यस शाखामा राष्ट्रवादी पत्रकारहरुको समर्थन जसले पाउछ । त्यसैले नै अध्यक्ष पद जित्ने पत्रकारहरुको दावी छ । राजतिलक साप्ताहिक

4220
Shares

ट्रेन्डिङ