धुलिखेल अस्पतालको कुरूवा कोठामा पुरूषको शव फेला
काभ्रे । धुलिखेल अस्पतालको एमरजेन्सी वाडको बिरामी कुरुवा कोठामा एक पुरुषको शव फेला परेको छ । नाम, थर, वतन नखुलेको अन्दाजी ५८ वर्षीय मानिस मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको तथा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।