सबैको समाचार
बिहिबार, माघ ३, २०८१
  • होमपेज
  • पाँचखालका महिलालाई अमेरिकी महिलाको उपहार

पाँचखालका महिलालाई अमेरिकी महिलाको उपहार

50
Shares
पाँचखालका महिलालाई अमेरिकी महिलाको उपहार

काभ्रे । पाँचखाल नगरपालिका वडा न. १० बेला का स्थानिय गृहिणी महिलालाई अमेरिकी महिलाले प्रती महिला २ वटा बाख्रा हस्तान्तरण गरेकी छन ।

आर स्टार फाउन्डेसन मार्फत कार्यकारी निर्देशन रहेकी रोषील्यान्ड रुसेलले २५ गृहिणी महिलालाई हस्तान्तरण गरेकि हुन । २५ महिला समाबेस गरेर महाङकाल पशुपालन समूह समेत बनाईएको छ। फाउन्डेसनले अहिले हस्तान्तरण गरेको बाख्राबाट उत्पादन भएको एक वटा पुन : समुहमा फर्काएर पुन : नयाँ समूह बनाउने गरेको छ ।

हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै फाउन्डेसनका नेपाल डिरेकटर रबिन्द्र सिटौलाले सहयोगबाट पाउनु भएको बाख्राले आर्थिक उन्नातिको कामना गर्दै पुन : अर्को समूह यहाँ निर्माण हुने आशा ब्यक्त गरेका थिए ।

फाउन्डेसनकि कार्यकारी निर्देशक रुशेलले हस्तान्तरण अघि स्थानिय स्वागतमा खुशी हुदै भनिन् ” म नेपालमा आउन पाउन खुशी छु । महिलाहरुले कसरी काम गर्छन । बुझ्न पाउँद र सहयोग गर्दा अत्यन्तै खुशी छु । २ बर्ष पछि अर्को समूह निर्माण गर्ने वितरण गर्न समेत अनुरोध गर्छु ।”

हस्तान्तरणमा उपस्थित वडा अध्यक्ष नारायण सापकोटाले स्थानिय महिलाको आर्थिक अवस्थालाई विकास गर्दै सस्थाले गरेको विस्वास बमोजिम उत्पादन गर्दै सस्थाले भने झै आगामी दिनमा अर्को समूह निर्माण गरि वितरण गर्न सबै नागरिकमा अनुरोध गर्दै फाउन्डेसन का सम्पुर्ण परिवारलाई धन्यवाद ब्यक्त गरेका थिए ।

फाउन्डेसनले नेपालमा भने यस्तै समूह ५२ वटा सन्चालन गरिरहेको छ । भने अहिले २५ गृहिणी महिलालाई २ वटा बाख्रा , कुल ५० वटा बाख्रा हस्तान्तरण गरेको हो ।

50
Shares

ट्रेन्डिङ