सबैको समाचार
शनिबार, पुस २७, २०८१
  • होमपेज
  • एमाले धुलिखेलको नगर अधक्क्षमा धिताल र महत बीच प्रतिस्पर्दा

एमाले धुलिखेलको नगर अधक्क्षमा धिताल र महत बीच प्रतिस्पर्दा

120
Shares
एमाले धुलिखेलको नगर अधक्क्षमा धिताल र महत बीच प्रतिस्पर्दा

काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको सदरमुकाम सम्म रहेको धुलिखेल नगरको नेकपा एक्मालेको नगर अधिवेशन भोलि हुदै छ। धुलिखेलमा निरन्तर नेकपा एमालेले नगर प्रमुखमा जितेकाले पनि धुलिखेल एमालेको नयाँ नेतृत्व प्रति सर्वव्यापी चासो छ।

नेकपा एमाले धुलिखेल नगर कमिटीको दोस्रो अधिवेशनको लागी अहिलेका नगर अध्यक्ष दयाराम महत र अहिलेको सचिव बिष्णु धिताल काभ्रेली रहेको चर्चा छ। नगरको दोस्रो अधिवेशनका लागी भूगोल तर्फका १७४ जना प्रतिनिधि चयन भैसकेको छन्। भने जन संगठनबाट १९ जना प्रतिनिधि रहेका छन्। कुल १९३ जना अधिवेशनका लागी प्रतिनिधि चयन भैसकेका छन्।

पहिलो नगर अधिवेशनबाट नगर अध्यक्ष बनेका महत अहिले सम्म पार्टीको नेतृत्वमा मात्र गरेका छन्। उनि पुर्व पत्रकार पनि हुन्। उनि नगरको वडा न. ५ बाट प्रतिनिधित्व गर्दछन। यता धुलिखेल वडा न. ११ बाट २०७४ को स्थानिय चुनाबमा जित हासिल गरी सफल कार्यकाल सम्पन्न गरिसकेका विष्णु धिताल ( काभ्रेली) युवा र विद्यार्थी राजनीतिबाट मूल राजनीतिमा आएका कारण अत्यन्तै लोकप्रीय मानिन्छन।

विद्यार्थी नेतृत्वमा समेत देशभरमै लोकप्रीय मानिएका काभ्रेलीले पार्टीलाई नै चुनाब जिताउनेमा पनि उतिकै भूमिका खेलेको पाईन्छ। भने उनीले आफुले एक कार्यकाल नेतृत्व गरी सोहि स्थानमा पार्टीको प्यानलनै विजयी समेत गराएका छन्। भने उनलाई भोलिको नगर अधिवेशनको प्रमुख अतिथि समेत रहेका नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको समेत प्रतक्क्षसाथ रहेको श्रोतको दाबि छ।

लोकप्रीय भएकाले र जनप्रतिनिधी संगै जनसंगठन देखि पार्टीको मूल नेतृत्वमै सफल भैसकेका बिष्णुलाई अबको नेतृत्वको रुपमा सबै नेता तथा कार्यकर्ताले हेर्न थालेका छन् । नगर अधिवेशनको खुल्ला सत्र भोलि ११ बजे सुरु हुनेछ भने साझ नै अधिवेशनको बन्द सत्र सुरु हुनेछ।

120
Shares

ट्रेन्डिङ