सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • ६० किलो सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान पक्राउ

660
Shares
६० किलो सुन तस्करी प्रकरणमा  काभ्रेका थर्कमान  पक्राउ

काभ्रे । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् ।

तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो । कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ ।

राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो ।

660
Shares

ट्रेन्डिङ