सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१

खनाल र नेम्वाङको अग्रता

3280
Shares
खनाल र नेम्वाङको अग्रता

इलाम, २३ मंसिर (रासस) । प्रतिनिधिसभा तथा प्रदेशसभा सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ । क्षेत्र नं १ मा नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नौ हजार ९६९ मत प्राप्त गर्दै अग्रता कायमै राख्नुभएको छ भने नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले पाँच हजार ७५९ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी इलाम–२ मा वाम गठबन्धनका सुवास नेम्वाङले नौ हजार ८४३ मत प्राप्त गर्दा काँग्रेसका केशव थापाले छ हजार ९७३ मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा २ (क) मा वाम गठबन्धनका राम रानाले पाँच हजार चार मत र काँग्रेसका डम्बर खड्काले चार हजार २२ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा–२ (ख) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता धीरेन्द्र शर्माले चार हजार १४४ मत प्राप्त गर्दा काँग्रेसका नेता खगेन्द्र देवानले दुई हजार ८४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशसभा १ (क) मा वाम गठबन्धनकी खिनु लिम्बूले चार हजार ७९८ र काँग्रेसका देवेन्द्र राईले दुई हजार ८७८ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा १ (ख) मा वाम गठबन्धनकै काजीमान कागतेले छ हजार ६७७ र काँग्रेसका दुर्गा बरालले तीन हजार ३३७ मत प्राप्त गर्नुभएको छ ।

3280
Shares

ट्रेन्डिङ