सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • रोशी खोलाको प्राकृतिक पोखरीमा गर्मी छल्न आउने स्थानीय र बाह्य पर्यटकको भीड

रोशी खोलाको प्राकृतिक पोखरीमा गर्मी छल्न आउने स्थानीय र बाह्य पर्यटकको भीड

सहरको कोलाहलबाट टाढा शान्त प्राकृतिक वातावरणमा पौडी खेल्दै, नुहाउँदै र समय बिताउँदै स्थानीय र बाह्य पर्यटक

865
Shares
रोशी खोलाको प्राकृतिक पोखरीमा गर्मी छल्न आउने स्थानीय र बाह्य पर्यटकको भीड

काभ्रेपलाञ्चोक । काभ्रेको पनौती नगरपालिका वडा न २ र १२ को सिमाना छेत्र र रोशी बजार हुँदै बग्ने रोशी खोला पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । स्थानियवासीले साना बाँध तथा ड्याम बनाउँदै खोला छेकेर बनाएको प्राकृतिक पोखरीमा गर्मी छल्न आउने स्थानीय र बाह्य पर्यटकको भीड बढ्न थालेको छ ।

पनौती नगरपालिका–१२ हुँदै बहिरा महादेव मन्दिर परिसरतर्फ पुगिने अस्थायी र कच्ची बाटो प्रयोग गर्दै यहाँका पर्यटक सहरको कोलाहलबाट टाढा शान्त प्राकृतिक वातावरणमा पौडी खेल्दै, नुहाउँदै र समय बिताउँदै आएको देखिन्छ । रोशी खोलाको शिरबाट बग्दै आएको कञ्चन चिसो पानी यहाँको मुख्य आकर्षण बनेको छ ।

पनौती आफैमा ऐतिहासिक र सांस्कृतिक रूपमा सम्पन्न शहर हो । यसमा थप आकर्षणको रूपमा रहेको बहिरा महादेव मन्दिरको ऐतिहासिकता र धार्मिक महत्त्व पनि उल्लेखनीय छ । त्यस क्षेत्र माथिल्लो भागमा कुनै खानी वा क्रसर नहुनु र खोलाको स्रोत भाग संरक्षणमा रहनुले गर्दा रोशी खोलाको पानी अझ स्वच्छ, चिसो र नुहाउन योग्य रहन सफल भएको छ ।

स्थानिय फस कुमार साहाले भन्नुभयो, “यस क्षेत्रको प्राकृतिक सौन्दर्यसँगै खोलाको सफा पानीमा नुहाउनेको भीड दिनहुँ बढ्दो छ । गर्मी छल्न र रमाइलो गर्न आउनेहरूका लागि यो एक सस्तो, सुरक्षित र रमणीय विकल्प बनेको छ । पर्यटक आगमन बढेसँगै पौडी खेल्ने स्थानमा पूर्वाधार विस्तार, सरसफाइ, सूचना बोर्ड र सुरक्षा व्यवस्था थप गर्दै व्यवस्थित बनाउने योजना बनिरहेको छ,” उहाँले बताउनु भयो ।

स्थानीय सरकार तथा सरोकारवाला निकायले रोशी खोलालाई व्यवस्थित रुपमा विकास गर्न सकेमा पनौती क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने स्थानीयको विश्वास छ ।

865
Shares

ट्रेन्डिङ