सबैको समाचार
शुक्रबार, माघ ४, २०८१
  • होमपेज
  • काभ्रेमा महिला तथा घरेलु हिंसा बढ्दो

काभ्रेमा महिला तथा घरेलु हिंसा बढ्दो

४ वर्षमा ७ सय ३६ वटा महिला तथा घरेलु हिंसा

45
Shares
काभ्रेमा महिला तथा घरेलु हिंसा बढ्दो

काभ्रेपलाञ्चोक । जिल्लाको १३ स्थानिय तहमा पछिल्लो ४ वर्षमा ७ सय ३६ वटा महिला तथा घरेलु हिंसाका घटना भएका छन्। भने गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको ९ महिना सम्ममा १ सय ९२ जनाले आत्महत्या गरेका छन्।

गत कात्तिक १६ गते अपराह्न ४ः१५ बजेको समयमा ६९ वर्षीया माईली लामालाई उनकै कान्छो छोरा २८ वर्षीय फुर्साङ लामाले सिलौटाको लोहोरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसन्धानले पुस्टि गरेको छ।

आमाले कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगद लिनका लागी फुर्सांङ्गले आमाको हत्या गरेको स्वीकार गरेका हुन्। घटना पश्चात उनि फरार भएकामा प्रहरीलाई समेत कहानी सुनाएका थिए। भने प्रहरीले आमाको घटना बारे जानकारी गराएपछि पुन : घटना स्थल गएका थिए। फुर्सांङ्गले हत्या गरेको मात्र स्वीकार गरेनन , हत्या पछि लिएको नगद र सुनका गहना समेत उनीले भनेकै ठाउबाट प्रहरीले बरामद गरेको थियो।

गत मंसिर ३० गते जिल्लाकै मन्ड्नदेउपुर नगरपालिका वडा न. १ गैरीगाउँ घिसिङ्गटोल बसोबास गर्ने ५२ वर्षीय तिनमाया तामांङ्ग मझेरीमै मृत फेला परिन। केहि दिनको अनुसन्धान पछि प्रहरीले पुस ५ गते मृतक तिनामायाकै ज्वाई वर्ष २८ को सुक बहादुर तामांङ्गलाई पक्राउ गर्यो , अनुसन्धान गर्दै जादा मृतक तिनमाया तामाङ्गले सदै काम नगर्ने भन्दै गाली गरेकै कारण टाउको घरकै थाममा ठोकाएर हत्या गरे ,अहिले उनि काभ्रे कारागारमा छन्।

जिल्लामा भएका पछिल्ला घरेलु हिंसाका यी दुई घटना भएता पनि पछिल्ला ४ वर्षमा ७ सय ३६ वटा घटना भएको काभ्रे प्रहरीको तथ्याङ्गले देखाएको छ। काभ्रे प्रहरीको तथ्याङ्ग अनुसार आर्थिक वर्ष ०७८/७९ मा २७६ , ०७९/८० मा १८६ , २०८०/०८१ मा १८३ , चालु आर्थिक वर्षको ९ महिनामा मात्र ९१ घटना भैसकेका छन्। घरेलु हिंसाका घटना घटाउनेका आर्थिक, सामाजिक र चेतनाको स्थरले नै गर्दा बडेको काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिनु भयो।

घरेलु हिंसाका घटना श्रीमान् , सासु ससुरा , देवर जेठाजु , छोरा नाति देखि महिलाबाट पुरुष हिंसामा परेको घटना समेत ६० वटा घटना भैसकेका छन्।

यता जिल्ला भर असोज दोस्रो साताको बाढी र पहिरोका कारण धेरै मृत्यु हुनेमा महिला नै बडी छन्। जिल्लामा कुल ७९ जनाको मृत्यु हुदा ३३ जना महिला र ७ जना बालिका र ३० पुरुष संगै ९ जना बालकले पनि ज्यान गुमाएका थिए। परिवारका सदस्य लिन जादा होस् या घरकै कार्यमा लाग्ने हुदा महिलाहरु बडी परेको प्रहरीले बताएको छ।

घरेलु हिंसा संगै जिल्लामा आत्महत्याको संख्या पनि उतिकै बढेको प्रहरीको तथ्याङ्गले देखाएको छ। गत आर्थिक वर्षमा १३७ वटा घटना भएका थिए जसमा झुण्डीएर १०७ जना , बिष सेवन २८ , पुलबाट खोलामा हाम फालेर २ जनाले आत्महत्या गरेका छन्। जसमामा पनि बालबालिकाको संङ्गख्या बडी थियो। बालक ७ जना थिए भने बालिका १२ जना रहेका थिए। जसमा ११ वर्षको बालबालिका देखि ८२ वर्षको बृद्ध सम्मले आत्महत्या गरेका छन्। चालु आर्थिक वर्षको ९ महिनामा ५५ वटा आत्महत्याका घटना भैसकेका छन्। जसमा झुन्डिएर ४६ वटा र बिष सेवनबाट ९ जनाले आत्महत्या गरिसकेका छन्। जसमा पनि बालबालिका ३ /३ जना रहेका छन्।

आत्महत्या र घरेलु हिंसाको घटना बढ्दै गएकोमा स्थानिय सरकार , संघ संस्था र प्रहरीले पनि सामुदायिक प्रहरी साझेदारी अन्तर्गत कार्य गरिरहेको भएतापनि घटनाको संख्यामा कमि आउँन छैन। घरेलु हिंसा , र आत्महत्या न्युनिकरणका लागी सबै सरोकारबालाले संयुक्त र बढ्दो संख्यालाई रोक्न सक्ने कार्यक्रम तयगर्नुका साथै तत्काल कार्यन्वयनमा लैजानु आवस्यक छ।

45
Shares

ट्रेन्डिङ