सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • महिलाको दुधबाट विभिन्न डिजाइनमा साबुन उत्पादन

महिलाको दुधबाट विभिन्न डिजाइनमा साबुन उत्पादन

4220
Shares
महिलाको दुधबाट विभिन्न डिजाइनमा साबुन उत्पादन

सिर्जनशीलताको ठूलो मूल्य छ । यहीँ कडीमा अस्ट्रेलियाको क्विन्सल्याण्डमा बस्ने ३७ वर्षकी जस्मिन ओभरटोन नामकी महिला जोडिएकी छिन् । उनले महिलाको दुधबाट बनेको सावुन उत्पादन गरी गज्जबको व्यवसाय सुरु गरेकी छिन् ।
निकै सिर्जनात्मक सोँचबाट उनले तयार गरेको साबुनले खुबै लोकप्रियता प्राप्त गरेको छ । महिलाको दुधबाट साबुन बनाउने विचार उनलाई तब आयो जब उनकी सुत्केरी बहिनी बच्चालाई चाहिने भन्दा निकै धेरै दुध उत्पादन भएर दिक्क थिइन् ।
बच्चाले खान नसकी सधै दुध दुहेर फ्याँक्नुपर्ने जस्ता कुराहरु बारम्बार बहिनीको मुखबाट सुनेपछि जस्मिनलाई झ्वाट्ट आइडिया आयो की किन आखिर खेर जाने यस्तो दुधबाट साबुन नबनाउने ? त्यसपछि उनले बहिनीसँगबाट छोरीलाई चुसाएर बाँकी हुने दुध दुहेर आफुलाई दिन आग्रह गरिन् र सोही बमोजिम उनले दुध संकलन गरिन् ।
बहिनी क्रिस्टलले जस्मिनलाई आफ्नो दुध दिने मात्र होइन दुधबाट साबुन बनाउन पनि ठूलो सहयोग गर्छिन् । दुधमा किसिम किसिमका तेलहरुको प्रयोग गर्छिन् जस्मिन । साबुन तयार गर्न ४ देखि ६ हप्तासम्म लाग्छ । विभिन्न डिजाइनमा साबुन उत्पादन गरेकी छिन् उनले । महिलाको दुधबाट बनेका ती साबुन अस्ट्रेलियामा निकै लोकप्रिय बनेका छन् र माग बढिरहेको छ ।
यस्तो साबुनको प्रयोग गर्नाले छाला निकै नरम हुन्छ भने छालाबाट बढि चिल्लो पदार्थ आउने, डण्डिफोर आउने जस्ता समस्या घटाउन पनि सहयोग पुग्दछ ।

4220
Shares

ट्रेन्डिङ