सबैको समाचार
शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • बजेटको मन्त्रालयगत छलफल अवधिभर सांसदहरुले छुट्टी नपाउने

बजेटको मन्त्रालयगत छलफल अवधिभर सांसदहरुले छुट्टी नपाउने

115
Shares
बजेटको मन्त्रालयगत छलफल अवधिभर सांसदहरुले छुट्टी नपाउने

काठमाडौं । बजेटको मन्त्रालयगत छलफलमा सांसदहरुले छुट्टी नपाउने भएका छन् । 

असार ७ गतेसम्म हरेक दिन निरन्तर छलफल चलाउने र बजेट पारित गरेपछि मात्रै प्रतिनिधि सभाको अर्को बैठकका लागि केही दिन ग्याप राख्ने गरी संसदीय क्यालेन्डर तय भएको छ ।

असार ७ गतेपछि प्रतिनिधि सभाको अर्को बैठक असार ११ गते राख्ने कार्यतालिका छ । संसद सचिवालयले तयार पारेको क्यालेन्डर अनुसार असार ७ गते बजेट पारित भएपछि पाँच दिन छुट्टी पाउनेछन् । 

गलबार प्रतिनिधि सभामा मंगलबार चार वटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् ।

बुधबार सहरी विकास, रक्षा, महिला, बालबालिका तथा जेष्ठ नागरिक र कानुन न्याय तथा तथा संसदीय मामिला मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

जेठ ३१ गते उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

जेठ ३२ गते वन तथा वातावरण, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

असार २ गते संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

असार ४ गते गृह, परराष्ट्र, भौतिक पू्र्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद््को कार्यालय, राष्ट्रिय योजना आयोग उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ ।

असार ५ गतेदेखि सम्बन्धित मन्त्रीले जवाफ दिन थाल्नेछन् । असार ५, ६ र ७ गते सम्बन्धित मन्त्रीहरुले जवाफ दिएपछि बजेट पारित गर्ने कार्यतालिका छ ।

यसबीचमा प्रतिनिधि सभाको बैठक सार्वजनिक बिदाको दिन मात्रै नबस्ने गरी कार्यतालिका तय गरिएको छ ।

115
Shares

ट्रेन्डिङ