सबैको समाचार
मङ्लबार, चैत्र २५, २०८१
  • होमपेज
  • पत्रकार तिमल्सिनालाई नमोबुद्ध नगरपालिकाद्वारा सम्मान

पत्रकार तिमल्सिनालाई नमोबुद्ध नगरपालिकाद्वारा सम्मान

155
Shares
पत्रकार तिमल्सिनालाई नमोबुद्ध नगरपालिकाद्वारा सम्मान

काभ्रेपलाञ्चोक – पत्रकारिता मार्फत समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकी वरिष्ठ पत्रकार भगवती तिमल्सिनालाई नमोबुद्ध नगरपालिकाले सम्मान गरेको छ।

धुलिखेल नगरपालिका वडा नं. ११, पात्लेखेत स्थायी बासिन्दा रहनुभएकी उहाँ विगत ३२ वर्षदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ। समाज परिवर्तनका लागि निरन्तर कलम चलाउँदै आउनुभएकी उहाँको दीर्घकालीन योगदानको उच्च कदर गर्दै नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवस-२०८१ को अवसरमा सम्मान प्रदान गरेको हो।

नगर प्रमुख कुन्साङ लामाले पत्रकार तिमल्सिनाको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै समाज रुपान्तरणमा पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। नगर उपप्रमुख रत्न लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा, महिलाहरू तथा नगरवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त अवसरमा वडा नं. १० का वडा अध्यक्ष रामकृष्ण उपाध्यायलाई पनि सम्मान गरिएको थियो। जनप्रतिनिधि भईकन पनि महिला अधिकारका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आउनुभएकाले उहाँलाई विशेष सम्मान प्रदान गरिएको हो। साथै, महिला दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरियो।

कार्यक्रमलाई थप भव्य बनाउन ११५औं अन्तर्राष्ट्रिय महिला दिवस को अवसरमा विशेष सम्मान तथा बृहत् सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो। नगर प्रमुख कुन्साङ लामा र उपप्रमुख रत्न लामाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महिला सशक्तीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै यसको लागि आवश्यक बजेट व्यवस्थापन गर्न सबै पक्षले समयमै सुझाव दिनुपर्नेमा जोड दिनुभयो।

महिला सशक्तीकरणका लागि प्रतिबद्धता

नगर प्रमुख लामाले समाजमा महिलाको सशक्तीकरण बिना समृद्धि सम्भव नरहेको उल्लेख गर्दै महिला अधिकार, शिक्षा, स्वास्थ्य तथा उद्यमशीलतालाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो। त्यस्तै, नगर उपप्रमुख लामाले नगरपालिकाको नीति तथा योजनामा महिलालाई केन्द्रमा राखी काम गरिने बताउनु भयो ।

कार्यक्रमको समापनमा नगरपालिकाले समाजमा सकारात्मक परिवर्तन ल्याउने सम्पूर्ण व्यक्तिहरूलाई निरन्तर योगदान दिन आग्रह गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने बताउनु भएको छ ।

155
Shares

ट्रेन्डिङ