सबैको समाचार
शनिबार, बैशाख ८, २०८१

डन्डीमा ठगिँदै उपभोक्ता

2710
Shares
डन्डीमा ठगिँदै उपभोक्ता

गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनमा छड उत्पादक कम्पनीले कम परिमाणमा बिक्री गर्दै आएको भेटिएको छ ।
क्षेत्रीय कार्यालय प्रमुख शशिभूषणकुमार यादवका अनुसार कम्पनीहरुले डन्डीमा लगाएको ‘एस हुक (फलाम बेर्न प्रयाग गरिने एस आकारको हुक)’ र ‘चुरा (डन्डी बाँध्न प्रयोग गरिने)’ सहितको तौल उपभोक्तालाई बिक्री गर्छन् । तर, उक्त हुक डिलरहरुले नै राख्छन् ।
यसरी सर्वसाधारणले खरिद गरेको एक बन्डल डन्डीमा एक किलोदेखि २ किलोसम्म कम तौल रहेको अनुगमनका क्रममा पाइएको छ । ‘ग्राहकले खरिद गर्दा हुक र चुरासहितको तौल समावेश हुन्छ । तर, हुक डिलरहरुले नै राख्छन्,’ यादवले भने, ‘सर्वसाधारणहरु भने अनावश्यक रुपमा त्यसको मूल्य तिर्न बाध्य छन् । यसले उपभोक्तालाई धेरै नोक्सान हुने गरेको छ ।’  कान्तिपुर दैनिकमा खबर छ ।

2710
Shares

ट्रेन्डिङ