सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • शान्ति बाल उद्यान निर्माण

शान्ति बाल उद्यान निर्माण

4115
Shares
शान्ति बाल उद्यान निर्माण

धनगढी उपमहानगरको हसनपुरमा करिब तीन दशक अघि निर्माण भई प्रयोगबिहीन र जीर्ण अवस्थामा रहेको बाल उद्यानलाई ‘शान्ति बाल उद्यान‘का रुपमा विकास गरिएको छ ।
यस क्रममा उद्यानभित्र शान्ति स्मारिकाको रुपमा ‘वाटर फाउन्टेन‘ (पानीको फोहरा) निर्माण गरिएको छ । उक्त स्मारिका शान्तिको प्रतिक परेवालाई एक महिलाले समातेको प्रतिमाको स्वरुपमा निर्माण गरिएको छ ।
ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय धनगढी शाखाको पहलमा तयार पारिएको गुरुयोजना बमोजिम सो उद्यानको मर्मत सुधार एवम् संरक्षण गरी शान्ति बाल उद्यानको रुपमा बिकास गरिएको हो ।
उपमहानगपालिका कार्यालयले उद्यानको संरक्षण र विकासका लागि यसअघि निजी क्षेत्रलाई प्रस्ताव गरेको भए पनि कसैले चासो नदेखाएपछि ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले पेस गरेको गुरुयोजना बमोजिम उक्त संस्थालाई कार्यालयले उद्यानको संरक्षण र विकास गर्ने जिम्मा दिएको हो ।
उद्यान परिसरमा मानिसको चरित्र निर्माणका लागि आवश्यकपर्ने ध्यान कक्ष निर्माण पूरा भइसकेकोमा, सभा भवनलगायतका अन्य संरचना निर्माणधीन अवस्थामा रहेका छन् ।
संस्थाले तयार पारेको गुरुयोजनामा उद्यानभित्र बालबालिकाका लागि खेलकुदसम्बन्धी विभिन्न संरचना, बाल पुस्तकालय, फूलको बगैंँचा स्थापनालगायतका संरचना निर्माणको क्रममा रहेका छन् ।
उद्यानमा बास्तु विज्ञानले निर्दिष्ट गरे बमोजिमका संरचना निर्माण भइरहेको ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय धनगढी शाखाका प्रमुख सञ्चालिका हीरा दिदीले भन्नुभयो ।
उद्यान सञ्चालनमा आएपछि बालबालिकामा राम्रो संस्कारको विकास भई असल नागरिक बन्ने र अरु आत्मालाई पनि शान्तिको अनुभूति प्राप्त भई चरित्र निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ ।
महाशिवरात्रिका अवसरमा आज आयोजित समारोहमा सांसद पुष्करनाथ ओझाले शान्ति बाल उद्यानको उद्घाटन गर्नुभयो । उद्यानको विकास र संरक्षण सम्बन्धी कार्यमा सांसद ओझा उपमहानगरपालिका कार्यालय, रुडुकलगायतका संस्थाले सहयोग गरेका छन् ।
विसं २०४२ मा निर्माण गरिएको करिब चार कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त उद्यान आवश्यक संरक्षण र विकासको अभावमा प्रयोगविहीन र जीर्ण भई बेवारिसे जस्तै बनेको थियो । रासस

4115
Shares

ट्रेन्डिङ