सबैको समाचार
आइतवार, असार ७, २०८३
  • होमपेज
  • ‘धुलिखेल नगरमा भ्रष्टचारको चाङ छ,जय नेपाल भन्दा स्वाद आयो’: निराजन जंगम (भिडियो)

‘धुलिखेल नगरमा भ्रष्टचारको चाङ छ,जय नेपाल भन्दा स्वाद आयो’: निराजन जंगम (भिडियो)

22075
Shares
‘धुलिखेल नगरमा भ्रष्टचारको चाङ छ,जय नेपाल भन्दा स्वाद आयो’: निराजन जंगम (भिडियो)

धुलिखेल नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निराजन जंगमले नगरपालिका नीतिगत भ्रष्टचारमा चुर्लुम डुबेको दाबी गर्नुभएको छ ।

केहीदिन अघि मात्रै नेपाली कांग्रेस पार्टी प्रवेश गर्नुभएका वडाध्यक्ष जंगमले नगरप्रमुख अशोक कुमार ब्याञ्जुले नगरपालिकाको पुराना वडा बाहेक अन्य वडालाई विभेद गरिररहेको र त्यो विभेद सहेर बस्न नसकेका कारण आफु एमाले छोड्न बाध्य भएको बताउनुभयो ।

नेपाली कांग्रेसको जारी ‘घर घर जाऔ, कांग्रेस जिताआँै’ अभियान अन्तर्गत टोल टोल भइरहेको बेलालाई सम्बोधन गर्दै वडाध्यक्ष जंगमले नगरप्रमुख ब्याञ्जुले आफ्नो लगानी रहेको दुई वटा मिडिया हाउसलाई विभिन्न शीर्षकमा रकम दिँदै आएको भन्दै नीतिगत भ्रष्टचार गर्दै हिड्ने नगरप्रमुखलाई फेरी भोट माग्न आफ्नो मनले नमानेको बताउनुभयो ।

नगरप्रमुख ब्याञ्जुले धुलिखेलका सीमित वडा बाहेक अन्य वडाका नागरिकलाई दोस्रो दर्जाको नागरिकको ब्यहार गर्ने गरेको वडाध्यक्ष जंगमले खुलसा गर्नुभयो । ‘हाम्रो वडा विकास निर्माणका हिसाबले कर्णाली जस्तो छ ।

तर उहाँको घर आसपासको वडाका लागि हाम्रोमा एक वर्षभित्र आउने बजेट त दुई वटा सडक बत्ति राख्नका लागि विनियोजन गरिएको छ । यस्तो थिचोमिचो कहिलेसम्म सहने ? आफ्नो लगानी रहेको मिडिया हाउसलाई विभिन्न शीर्षकमा पैसा दिइरहेका छन् । वडाध्यक्ष जंगमले भन्नुभयो ।’

 

वडाध्यक्ष जंगमले आफुमाथि लगाएको भ्रष्टचारको आरोप प्रमाणित गर्न नगरप्रमुख ब्याञ्जु र उनका सहयोगीहरुलाई चुनौती दिनुभयो । ‘म वडाध्यक्ष भएदेखि कसैको एक पैसापनि हिनामिना गरेको छैन् । मैले एक जना पनि सेवाग्राहीको मुख अध्यारो हुने ब्यवहार गरेको छैन् । जति स्रोतसाधन थियो त्यसैमा मैले आफ्नो वडाबासीलाई खुसी पारे । म माथि लागेको भ्रष्टचारको आरोप प्रमाणित गरेर देखाउनुस् । जंगमले भन्नुभयो ।’

 

नीतिको कुरा गर्दा आफुलाई नगरप्रमुख ब्याञ्जुले सिध्याउन खोजेको वडाध्यक्ष जंगमले दाबी गर्नुभयो । वडाध्यक्ष जंगमले आफुलाई जय नेपाल भन्दा साह्रै स्वाद परेको बताउनुभएको छ । ‘आफ्नो देशको जय भन्दा साह्रै स्वाद आउँदो रहेछ । लाल सलाम भन्नुभन्दा जय नेपाल भन्दा मज्जा आउँछ । वडाध्यक्ष जंगमले भन्नुभयो ।’

22075
Shares

ट्रेन्डिङ