सबैको समाचार
शनिबार, साउन १६, २०८३
  • होमपेज
  • कालीमाटी क्षेत्रमा युवतीहरुमाथि सुई आतंक

कालीमाटी क्षेत्रमा युवतीहरुमाथि सुई आतंक

5180
Shares
कालीमाटी क्षेत्रमा युवतीहरुमाथि सुई आतंक

असार १२ ,काठमाडौं; अज्ञात व्यक्तिले सुईजस्तै तिखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एक सातामा पाँच महिलाले उजुरी दिएका छन्। प्रहरीका अनुसार सबैजसो घटना कालीमाटी ढल्लु क्षेत्रमा राती ९ देखि १० बजेको अबधिमा भएको खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

पाँचैवटा घटनामा पैदल हिँडिरहेका बेला मोटरसाईकलमा आएका अज्ञात व्यक्तिले सुईजस्तै तिखो बस्तुले घोच्ने र फरार हुने समान प्रवृत्ति देखिन्छ। सुईजस्तै बस्तुले घोचिएका भनिएका युवतीमध्ये तीन जना स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा समेत पुगेका छन्।

अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले अहिलेसम्म केले घोचिएको हो भन्ने निष्कर्ष ननिस्किएको बताए। महानगररिय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीका अनुसार नयाँ घटना बाहिर आउन थालेपछि पुराना घटना पनि प्रहरीमा आउन थालेका छन्।

स्वयम्भू वृत्तमा जेठ २० र २९ गते भएको घटनालाई लिएर भर्खरै उजुरी परेको छ। एक युवतीले आफू श्रीमानसँग हिँडिरहेको बेला मोटरसाईकलमा आएको मान्छेले सुईजस्तै तिखो चीजले घोचेर बेपत्ता भएको प्रहरीलाई बताएकी छन्।

 

-स्वदेश नेपालबाट

5180
Shares

ट्रेन्डिङ