सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • देशको सीमा छेत्र पुगेर नेपाली झन्डा गाड्ने एक मात्र काभ्रेली प्रदेश प्रतिनिधि

देशको सीमा छेत्र पुगेर नेपाली झन्डा गाड्ने एक मात्र काभ्रेली प्रदेश प्रतिनिधि

6205
Shares
देशको सीमा छेत्र पुगेर नेपाली झन्डा गाड्ने एक मात्र काभ्रेली  प्रदेश प्रतिनिधि

काठमाडौं । भारतले अक्रिमण गरेको दार्चुलाको लिपुलेकमा पुगेर नेपाली झण्डा गाड्ने एक युवाले मुख खोलेका छन् । हाल प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य समेत रहेका रत्न ढकालले युवाहरुको समूहको नेतृत्व गर्दै लिपुलेकमा पुगेर नेपालको झण्डा गाडेका थिए ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भएको सन्देश प्रवाह गर्न र भारतलाई खबरदारी गर्न आफूहरु त्यहाँ पुगेको उनले एक विशेष अन्तर्वार्तामा बताएका छन् ।

अखण्ड नेपालको भूमि भारतले अतिक्रमण गर्दै गएको भन्दै उनले आक्रोश ब्यक्त गरेका छन् । भारतले नेपाली भूमिमाथिको अतिक्रमण नरोके सारा नेपाली लिपुलेक पुग्ने उनले चेतावनी दिए । ‘यो खालको अतिक्रमण नरोकिए राष्ट्रिय अभियान चलाएर हामी सारा युवा, देशभक्त नेपाली नागरिक त्यहाँ पुग्नुपर्छ र आफ्नो भूमिको रक्षार्थ लड्नुपर्छ’, उनले भने ।

भिडियो  हेर्न लिन्क क्लिक गर्नुहोस

https://m.youtube.com/watch?v=04gyE2hykRI

6205
Shares

ट्रेन्डिङ