सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नमोवुद्ध नगरपालिकामा सिमाना विवाद चुलिदै

नमोवुद्ध नगरपालिकामा सिमाना विवाद चुलिदै

5235
Shares
नमोवुद्ध नगरपालिकामा सिमाना विवाद चुलिदै

काभ्रे , मंसिर , ३०  ,  काभ्रेको नमोवुद्ध नगरपालिकामा सिमा विवाद चर्किदै गएको छ । नमोवुद्ध नगरपालिका भित्रका वडा नम्वर ३ र ४ को सिमाना हेरफेर भएपछि स्थानीयले त्यसको विरोध गर्दै वडा नम्वर ४ सिमाना विवाद संघर्ष समिति नै गठन गरेका छन् ।

संघर्ष समितिले सिमाना हेरफेरका विषयमा गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । नेपाल सरकार मन्त्री परिषद्को राज्य तथा स्थानीय तह पुनःसंरचना अनुसार साविक मेथिनकोट गाउँ विकास समितिलाई नमोवुद्ध नगरपालिका वडा नम्वर ३ र ४ कायम गरिएको थियो । उक्त सिमाना भुगोल, जनसंख्या, पुर्वाधार, स्थानीय प्राकृतिक स्रोत र साधनको बाँडफाँडको आधारमा उपयुक्त भएको स्थानीयको भनाई छ । तर प्रदेश नम्वर ३ सरकारले नगरपालिकाको वडा नम्वर ३ र ४ को सिमाना हेरफेर गर्दै वडा नम्वर ३ को केहि भु–भाग कटाई वडा नम्वर ४ मा गाभेपछि स्थानीय असन्तुष्ट बनेका हुन् ।

वडा नम्वर ४ सिमाना विवाद संघर्ष समितिका अध्यक्ष अर्जुन बहादुर कार्की, नेकपा ४ नम्वर वडा कमिटी अध्यक्ष टीका गिरी, नेपाली कांग्रेस वडा सभापति राम बहादुर भुजेल, इन्द्र गैरापिप्ली, राम चिमौरीयाद्धारा हस्ताक्षरित विज्ञप्तीमा सम्पुर्ण सरोकारवाला निकायलाई सिमाना हेरफेर सम्बन्धि कुनै पनि निर्णय नगर्न नगराउन चेतावनी दिइएको छ । वडावासीको चाहाना विपरित कुनै निर्णय भएमा नगरपालिका कार्यालय र वडा कार्यालयमा आम धर्ना, तालाबन्दि तथा विरोधका कार्यक्रम गर्न संघर्ष समिति बाध्य हुने समेत संघर्ष समितिले बताएको छ । यसबाट उत्पन्न परिस्थितीको सम्पुर्ण जिम्मेवारी नगरपालिका र वडा कार्यालयले लिनुपर्ने पनि संघर्ष समितिले स्पष्ट पारेको छ ।

संघर्ष समितिले वडा कार्यालय तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई पनि ज्ञापन पत्र वुझाएको थियो । तर अझैसम्म पनि त्यसको कार्यान्वयन नभएपछि ३ दिनभित्र वडा कार्यालयले आम नागरिकको माग बमोजिम सरोकारवाला निकाय समक्ष लिखित धारणा पठाउन पनि माग गरिएको छ । लिखित धारणा नआएमा भेलाको निर्णय बमोजिम संघर्षका कार्यक्रम अगाडी बढाइने संघर्ष समितिले जनाएको छ ।

 

 

 

 

 

-दृश्टी खबर बाट

5235
Shares

ट्रेन्डिङ